२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026
खबर

लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’

पोखरा भ्यूज । आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी१ नेपालको १० औं जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् ।
लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्ला सहित काठमाडौं, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची जिल्लाबाट करिब छ हजार प्रतिनिधि पोखरामा सहभागी बन्दैछन् ।
अधिवेशनलाई भव्य एवम् सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ महाधिवेशन मूल आयोजक समितिले पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधिसँग सोमबार गरेको छलफलमा पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले लायन्स प्रतिनिधिका लागि होटेल संघका तर्फबाट ३० प्रतिशतसम्म छुट दिने बताए । पोखराका अन्य पर्यटकीय गतिवधिका लागि पनि सम्बद्ध निकायसँग छुटका लागि पहल गरिने उनको भनाई रहेको थियोे ।
“प्याकेजसँगै छ हजार जना प्रतिनिधि र उहाँहरूसँग अन्य परिवारका सदस्य समेत आएका अवस्थामा त्यसले पोखरामा पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ”, उनले भने, “यति ठूलो कार्यक्रम पोखरामा हुँदा त्यसले यहाँको आन्तरिक पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं ।”
छ हजारको सङ्ख्याका प्रतिनिधि सहभागी हुने लायन्सको जिल्ला अधिवेशन यहाँको आन्तरिक पर्यटन विकासका लागि महत्वपूर्ण बन्ने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् गण्डकी प्रदेशका महासचिव कमला गिरीले बताईन् । कोरोनाले थला परेको पर्यटनलाई यस किसिमका कार्यक्रमले केही न केही राहत पुग्ने बताउँदै उहाँले पर्यटन सम्बद्ध संघ संस्थाले यसलाई अवसरका रुपमा लिदै दिन सकिने सुविधाका प्याकेजका लागि तयार हुनुपर्ने बताईन् ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले पोखरामा हुने यस किसिमका कार्यक्रमले यहाँको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले अधिवेशनका क्रममा आउने प्रतिनिधिलाई संघ आवद्ध पर्यटक यातायातमा २० प्रतिशतसम्म छुट दिन सकिने धारणा राखे ।
उक्त अवसरमा जिल्ला अधिवेशन मुल समारोह समितिका संयोजक डम्बर सिं गुरुङ, सह–संयोजक मिलन थापा, मोतीराज तिमिल्सिना, पूजन शाक्य लगायत पदाधिकारी एवम् सल्लाहकार धु्रब श्रेष्ठ, विमला श्रेष्ठ लगायतले लायन्स अधिवेशनका सम्बन्धमा जानकारी गराएका थिए ।


पोखरास्थित लायन्स क्लब अफ पोखरा अन्नपूर्णको अगुवाइमा यहाँका अन्य पाँचवटा लायन्स क्लब पोखरा गण्डकी, पोखरा सेती गण्डकी, हेम्जा, पोखरा युनाईटेड चौतारी र पोखरा लेखनाथले पोखराका अन्य क्लबसँगको सहकार्यमा अधिवेशन सम्पन्न गर्न लागिएको मूल आयोजक समितिका सदस्य सचिव मधुसुदन कोईरालाले जानकारी दिए ।

Read more

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…