२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026
खबर

यातायात व्यवस्था कार्यालय कास्कीमा डिजिलाइजेसन प्रविधिको सुरुवात

पोखरा भ्यूज । यातायात व्यवस्था कार्यालय कास्कीका सेवाहरु अनलाइन मार्फत प्रदान गरिने भएका छन् । बुधवार यातायात व्यवस्था कार्यालय कास्कीमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्काले कार्यालयका सम्पूर्ण फाइल र ठड्डाहरु स्क्यानिङ एण्ड डिजिलाइजेसन गर्ने ठेक्का पाएको परामर्शदाता कम्पनी (सिड राजदेवी समृद्धी जे.भी.) ले तयार पारेको मोवाइल एप र वेभसाइटको एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।


कार्यक्रमलाइ सम्वोधन गर्दै मन्त्री खड्काले यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवामा समयानुकुल सुधार र सरलिकरण गर्ने कार्य गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेको बताउदै यातायात कार्यालयहरुले दिने सेवाले गण्डकी प्रदेश सरकारको मूल्याङ्कन हुने बताए । उनले यातायातका सेवाहरु अनलाइन मार्फत गर्ने कार्यको सूरुवात कास्कीवाट सुरु गर्न लागिएको, सरकारको सफलता यातायात जस्ता सेवा प्रवाह गर्ने कार्यालयहरुले जनताहरुलाई दिने सेवा मार्फत हुने भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिदै यातायात कार्यालयको सेवा दिने शैली परम्परावादीबाट मुक्त गराउनु पर्नेमा जोड दिए । मन्त्री खड्काले कार्यलयका कर्मचारीलाई थप निर्देशन दिदै कार्यलयबाट प्रदान गरिने सेवा सेवाग्राही मैत्री बनाई सरकार भए जस्तो महशुष गराउँन र सेवाग्राहीलाई बिचौलियाको हातबाट मुक्त गराई बिचौलिया रहित कार्यालय बनाउन सहयोगी कक्षलाई प्रभावकारी बनाउनु पर्ने भनाई रहेको थियो । सरकार जनताको सेवक हो र सवै सुविधा र सेवाको पहिलो हकÞदार जनता हो भन्ने लोकतान्त्रिक मान्यताप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताए । उनले कार्यालयका काम कार्वाही पेपरलेस बनाउनु पर्ने समेत बताएका थिए ।


यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लिराम रिजालले यातायात ब्यवस्था कार्यालय सवारी कास्कीमा सूधारको कार्यको थालनी भएको उल्लेख गर्दै कार्यालयको सेवा अनलाइन मार्फत गर्ने गरी कार्यको सुरुवात भएको बताए । उनले सेवाग्राहीहरुले छिट्टै नै अनलाइनमार्फत सेवा लिन सक्ने जानकारी दिदै कार्यालयमा भएका फाइल र ढड्डाकोे स्क्यानिङ एण्ड डिजिलाइजेसनको कार्यकोे डिजिलाइजेसनका पाँच चरण मध्ये तीन चरण हार्र्डवेयर, सफ्टवेयर, इस्टलेसनका कार्य झण्डैै सम्पन्न भइसकेको र बाँकी कार्यहरु अगामी जेष्ठ मसान्तसम्ममा सकिने र भइरहेको डिजिलाइजेसन प्रक्रियालाइ विस्तार गरी थप प्रविधियुक्त बनाइ नागरिकहरुले घरमै वसेर यातायातका सेवाहरु लिन सक्नेमा विश्वास व्यक्त गरे ।


कार्यक्रमको प्रस्तुती कार्यालयमा हालसम्म भएकोे प्रगती र आगामी कार्ययोजनाका बारेमा परामर्शदाता कम्पनी (सिड राजदेवी समृद्धी जे.भी.)का टिमलिडर कृष्ण कुमार देवले गरेका थिए । कार्यक्रममा मन्त्रालयका प्रशासन तथा यातायात महाशाखा प्रमुख टीकाराम पौडेल, यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीका सूचना अधिकारी लक्ष्मीभद्र वाग्ले, यातायात शाखा प्रमुख केदार सापकोटा लगायत विभिन्न कार्यालयहरुका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

 

Read more

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…