2Shares

पोखरा भ्यूज । गण्डकी प्रदेश भरीका फोटोग्राफी ब्यवसायीहरुको अविभावक संस्थाको रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । नवलपुर स्थित नारायणी नदिको किनार रतनपुरमा फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार बितरण सहित आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको हो ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा बिधायन समितिका संयोजक विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्धघाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले फोटोग्राफी क्षेत्र भनेको सरकारी निकायका हरेक क्षेत्रसंग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्र पनि भएको हुंदा यो ब्यवसायलाई अझ कसरी मार्यादित बनाउन सकिन्छ भन्ने कुरामा सवैको ध्यान जानुपर्ने बताउदै गण्डकी प्रदेश सरकारले यस बारे ऐन कानून, निंतिनियमहरुको निमार्णमा यो पेशालाई पनि सम्बोधन गरिने बताए ।

अहिले सरकारी निकायहरुमा प्रयोग हुदै आएका डिजिटल फोटोहरुको गुणस्तर निकै कम्जोर रहेको कुरामा आफु पनि सहमत रहेको बताउदै सभासद लामिछानेले यी सबै कुराका बारेमा फोटो ब्यवसायीहरुका साथमा टेवलका बसेर छलफल गर्ने कुरामा आफ्नो साथ र सहयोग सधै रहने बचनबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रमा फोटोग्राफर संघ गण्डकीले गत भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन स्थापना गरिएको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ का बिजयी फोटोग्राफरहरुलाई सम्मान गरिएको थियो । अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा धोषणा संस्थाको स्थापना दिवस भाद्र २० गतेका दिन घोषणा गरिएको थियो ।

यस फोटो प्रतियोगितामा देश भरबाट १५४ जना फोटोग्रफरहरुले सहभागिता जनाएका थिए । खुल्ला रुपमा सामाजिक संजाल अन्र्तगत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी गण्डकी प्रदेश भित्र खिचिएका तस्विरहरु समावेश भएका थिए ।

पोखराकी सिर्जना भुर्तेलको तस्विर सर्वोत्कृष्ट घोषणा भएको थियो भने अन्य काठमाङडौका बिक्रम न्यौपाने, कास्कीका बिलक सुवेदी, जिवन ढुंगाना, बिष्णुहरी अधिकारी, दिवस बराल, अर्जुन कुँवर, अनुप गुरुङ, राहुल सुवेदी, पर्वतका सुरेश रेग्मी र नवलपुरबाट यामु कुमाल उत्कृष्ट १० मा पर्न सफल भएका थिए । पुरस्कृत फोटोग्राफरहरुलाई प्रमुख अतिथी लामिछानेले सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, घरेलु तथा साना उधोग कार्यालय नवलपुरका नि.प्रमुख राधा सापकोटा, नेपाल फोटोग्राफर महासंघका बरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल, कैलास सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली, चितवन फोटोग्राफर संघका अध्यक्ष लक्ष्मण गुरुङ, पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिस पंथ, नवलपरासी फोटोग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे, कपिलवस्तु फोटोग्राफर संघका उपाध्यक्ष कर्ण कुंवर, जिबन ढुंगाना, घनश्याम पौडेल, किशोर अधिकारी, दिपेन्द्र बस्याल लगायतले आ-आफ़ना भनाई राखेका थिए ।

फोटोग्राफर संघ गण्डकीका संघका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष नारायण बहादुर केसीले स्वागत मन्तव्य र सचिव तुलसी राम सुवेदीले संचालन गरेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected