२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खेलकुद

प्रतिभा मावि पोखरामा तीन दिने स्पोर्टस् मीट सुरु

पोखरा भ्यूज । पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको ‘स्पोर्टस् मीट २०७८’ आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने खेलकुद कार्यक्रममा विद्यालयका २८ सेक्शनका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् ।

कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट र होटल मेनेजमेन्टका २८ सेक्शनमा गरी १ हजार २ सय ५८ विद्यार्थी अध्ययनरत छन् । उच्च माध्यमिक शिक्षामा उत्कृष्ट नतिजाका कारण धेरै विद्यार्थीको रोजाईमा प्रतिभा मावि परेको हो ।

आइतबार एक समारोहका बीच विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापाले विद्यार्थी एरिना पुर्जा पुनलाई बास्केटबल हस्तान्तरण गरी स्पोर्टस् मीटको शुभारम्भ गरे । प्रबन्ध निर्देशक थापाले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको बताए । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।

प्लस टु निर्देशक किरण सापकोटाले प्रतिभाको गर्विलो ईतिहासले यस क्षेत्रमै शैक्षिक शानका रुपमा विद्यालय अघि बढेको बताए । यस वर्ष कक्षा १२ को विज्ञान संकायमा सुप्रिया मल्लले ३.८५ जीपीए ल्याई कास्की जिल्लामा सर्वाेत्कृष्ट हुन सफल भएको र व्यवस्थापनतर्फ ३.७९ जीपीए ल्याई सिमरन थापा सर्वाेत्कृष्ट हुन सफल भएकाले विद्यार्थीद्वयलाई आधा तोला सुन र १० तोला चाँदीसहितको प्रतिभा रत्न अवार्डले पुरस्कृत गर्ने जानकारी दिए ।

वार्षिक खेलकुद कार्यक्रम संयोजक प्रेम शर्माका अनुसार स्पोर्टस् मीटमा छात्र÷छात्रा बास्केटबल, छात्र÷छात्रा भलिबल । छात्र फुटसल, सिंगल÷डबल छात्र÷छात्रा टेबलटेनिस र चेस खेल हुनेछन् । प्राप्त अंकका आधारमा विजेता घोषित गरी आकर्षक पुरस्कारका साथ पुरस्कृत गरिने उनले बताए । उनका अनुसार हिसान मिटमा छात्रा बास्केटबलतर्फ प्रथम हुन सकेको प्रतिभाले टेबलटेनिस र ब्याडमिन्टनमा तेस्रो स्थान प्राप्त गरेको थियो ।

प्राचार्य विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वीरसिंह बुढाले गरेका थिए भने स्वागत विद्यार्थी विपिन सुवेदीले गरे ।

विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई नगद एक लाखले सम्मान गरिसकेको विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरतीलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ । मानवीय विपद्मा समेत प्रतिभा अगाडि देखिएको छ । म्याग्दी जिल्लाका बाढी पहिरो पीडितलाई प्रतिभाले ५० हजार नगदसहित सम्मान गरेको थियो ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…