२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

गण्डकी विश्वविद्यालयले मुख्यमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन

पोखरा भ्यूज । गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आइतबार वार्षिक प्रतिवेदन पेस गरेको छ । विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई उक्त प्रतिवेदन पेस गरे ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले जुन भावना र मर्म अनुसार विश्वविद्यालय स्थापना भएको हो, त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे । दक्ष जनशक्ति उत्पादन गरी गण्डकी र अन्य प्रदेशमा समेत उपलब्ध गराउन विश्वविद्यालयले भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । शैक्षिक प्रमाणपत्र हातमा परे पनि कुनै सीप नभएका कारण बेरोजगारी बढिरहेको भन्दै यही अवस्था अन्त्यका लागि गण्डकीले विश्वविद्यालय स्थापना गरेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले विश्वविद्यालयका गतिविधि र शैक्षिक कार्यक्रमका बारेमा जिज्ञाशा राखेका थिए ।
कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले नेपालमै पहिलो पटक स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको भन्दै विद्यार्थीको राम्रो आकर्षण रहेको जानकारी गराए । स्पोर्ट्स म्यानेज्मेन्ट सँगै विश्वविद्यालयले व्याचर इन फार्मेसी र व्याचलर इन आइटीको कक्षा पनि सुरु गरेको छ । पोखरा ३२ मा सञ्चालित फार्मेसीमा १५ जना विद्यार्थी छन् भने महेन्द्रपुलबाट सुरु गरिएको आइटिमा २९ जना विद्यार्थीले पढिरहेका छन् ।
पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ । अविष्कार केन्द्रको काम पनि अन्तिम चरणमा पु¥याएको कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिए । निकट भविष्यमै एमबिबिएस पढाइसँगै शिक्षण अस्पतालको अवधारणा ल्याएको विश्वविद्यालयमा जग्गा प्राप्तिको समस्या रहेको उनले बताए ।
न्यासिक परिषद अध्यक्ष डा. देवकोटाले यो वर्ष विश्वविद्यालयको प्रशासनिक, अनुसन्धान केन्द्र, पुस्तकालय लगायत कक्षा कोठाहरुको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेकाले यथेष्ट बजेट आवश्यक पर्ने भनाइ राखे ।
कार्यक्रममा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा। उपकुलपति प्राडा नवराज देवकोटा, प्रदेशका प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनासहितको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…