डिष्ट्रिक्ट ३२५बी१ नेपालको १०औ अधिवेशन सम्पन्न

पोखरा भ्यूज । लायन्स डिष्ट्रिक्ट ३२५बी१ नेपालको १०औ अधिवेशन सम्पन्न भएको छ । शनिवार पोखरामा सम्पन्न अधिबेशन हाई–ब्रिड प्रविधि मार्फ़त सम्पन्न भएको हो । कोभिड माहामारीलाई मध्येनज़र गर्दै भिड़भाड़ नहोस भनि सिमित प्रतिनिधिको सहभागिता गराई स्वास्थ्य मापदण्डको पालना गरी हाई–ब्रिड बिधि मार्फ़त अधिवेशन सम्पन्न गरिएको डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्यले बताए ।
गभर्नर आचार्यका अनुसार अधिवेशनबाट ३२५ बि१ नेपाल ५ वटा डिष्ट्रिक्टमा रूपान्तरण भएको छ र रूपान्तरित डिष्ट्रिक्टहरूमा ३२५ आई, जे, के, एल र एम क़ायम भई ५ वटै डिष्ट्रिक्टले नयाँ नेतृत्व समेत पाएको छ ।
डिष्ट्रिक्ट ३२५ आई को गभर्नरमा बसेल

शनिबार पोखरामा सम्पन्न अधिवेशनले लायन्स डिष्ट्रिक्ट ३२५ ‘आई’को डिष्ट्रिक्ट गभर्नरमा राम बसेललाई निर्वाचित गरेको छ ।
आगामी जुलाईबाट सुरु हुने कार्यकालमा उक्त डिष्ट्रिक्टबाट पहिलो डिष्ट्रिक्ट गभर्नर बन्ने अवसर बसेलले प्राप्त गरेका छन् । डिष्ट्रिक्टको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा चन्द्रकुमार केसी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा बिनोद ढुङगाना निर्वाचित भएका छन् ।
इलेक्ट गभर्नर बसेलले क्याबिनेट सेक्रेटरीमा हरिराज पन्त, क्याबिनेट ट्रेजररमा सूर्यनारायण बराल र चिफ एडभाइजरमा पार्वती खरेल मनोनित गरेका छन् ।
डिष्ट्रिक्ट ३२५ जे को गभर्नरमा श्रेष्ठ

लायन्स डिष्ट्रिक्ट ३२५ ‘जे’को डिष्ट्रिक्ट गभर्नरमा ध्रुव श्रेष्ठ निर्वाचित भएका छन् । लायन्समा ४ दशक बढ़ी अनुभव संगालेका श्रेष्ठ उक्त डिष्ट्रिक्टको संस्थापक गभर्नर बन्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै प्रथम भाइस गभर्नरमा हरिप्रसाद मरठ्ठा र द्वित्तिय भाइस गभर्नरमा मिलन थापा निर्वाचित भएकी छन् ।
इलेक्ट गभर्नर श्रेष्ठले डिष्ट्रिक्ट सचिवमा मधुसूदन कोईराला, डिष्ट्रिक्ट कोषाध्यक्ष रुद्र घले, डिष्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर शिबराम फुयांल, डिष्ट्रिक्ट मार्केटिङ चिफ मोतिराज तिमिल्सिना, डिष्ट्रिक्ट कम्युनिकेशन चिफमा प्रजापति बास्तोलाई मनोनीत गरेका छन ।
डिष्ट्रिक्ट ३२५ के मा बाटाजु गभर्नर

लायन्स डिष्ट्रिक्ट ३२५ के’को गभर्नरमा राजेन्द्र बाटाजु निर्वाचित भएका छन् । लायन्समा लामो अनुभव संगालेका बाटाजु उक्त डिष्ट्रिक्टको संस्थापक गभर्नर बन्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै फस्ट भाइस गभर्नरमा सुचित्रा थापा र सेकेण्ड भाइस गभर्नरमा निरा बज्राचार्य निर्वाचित भएका छन् ।
इलेक्ट गभर्नर श्रेष्ठले डिष्ट्रिक्ट सचिवमा मिनराज काफले, डिष्ट्रिक्ट कोषाध्यक्ष मदनकुमार मुल्मी, डिष्ट्रिक्टचिफ एडभाईजरमा दुर्गाप्रसाद हुमागाई, डिष्ट्रिक्ट चिफ पिआरओमा रमेश अधिकारी, डिष्ट्रिक्ट चिफएड्मिनिस्ट्रेटर बसन्तकुमार कर्माचार्य, चिफ एओजीमा विष्णुहरि फुयाल, लायन्स स्वरोजगार आयोजना चिफमा टिकाराम सापकोटालाई मनोनीत गरेका छन ।
डिष्ट्रिक्ट ३२५ ‘एल’को गभर्नरमा बज्राचार्य

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को गभर्नरमा मणिश्री रत्न बज्राचार्य निर्वाचित भएका छन् ।
डिष्ट्रिक्टको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा परमेश्वर बराल र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा सुमन भट्टनिर्वाचित भएका छन् ।
डिष्ट्रिक्ट ३२५ एमको गभर्नरमा पौडेल

लायन्स डिष्ट्रिक्ट ३२५ एमको डिष्ट्रिक्ट गभर्नरमा महेन्द्र पौडेल निर्वाचित भएका छन् ।
शनिवार पोखरामा सम्पन्न कन्भेन्सनबाट उनी डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका हुन् । उनी उक्त डिष्ट्रिक्टको पहिलो गभर्नर बन्ने अवसर प्राप्त गरेका छन् । डिष्ट्रिक्टको प्रथम भाइस गभर्नरमा भीमलाल पौड्याल र द्वित्तियभाइस गभर्नरमा चण्डीप्रसाद अर्याल निर्वाचन भएका छन् ।
इलेक्ट गभर्नर पौडेलले क्याबिनेट सेक्रेटरीमा रत्न पराजुली, क्याबिनेट ट्रेजररमा शिवनारायण श्रेष्ठ, चिफ एडभाइजरमा धनिराम बराल, पिआरओ इन चिफमा किशोर बराल, चिफ एडमिनिष्टेटरमा रामचन्द्र पोखरेल, न्यु भ्वाइस इनिटिएटिभ चिफमा सरस्वती गौतम ज्ञवाली र चिफ अफ एओजीमा हरिचन्द्र तिवारी मनोनित गरेका छन् ।

प्रतिनिधिका लागि छुट्टै भाईवर ग्रुप बनाएर अनलाईन भोटिङ मार्फ़त प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराई निर्वाचन सम्पन्न गरिएको निर्वाचन प्रमुख एवं पूर्व डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले जानकारी दिए । उनकाअनुसार ५ वटा डिष्ट्रिक्ट गर्भनरका तिनवटै पदमा शत प्रतिशत एस प्राप्त भएको छ ।
दशौ अधिवेशनबाट नेपालमा क़ायम रहेका ४ वटा डिष्ट्रिक्टबाट १५ वटा डिष्ट्रिक्ट भएका छन् भने डिष्ट्रिक्ट३२५ बि १ नेपालमा ५ वटा डिष्ट्रिक्ट बनेका हुन । डिष्ट्रिक्टले ५ जना नयाँ गर्भनर बनाएको छ । यस विस्तारबाटपक्कै पनि लायन्सको संगठन विस्तारमा सघाउ, अन्र्तराष्ट्रिय अनुदानमा वृद्धी, नेतृत्वमा थप अवसर, सेवाकाकार्य क्षेत्र विस्तार, लायन्स सदस्यहरु विच प्रभावकारी फेलोशिपको अवसर लगाएत असिमित सम्भावनाकाढोकाहरु खुलेका छन ।























