नेपाली काँग्रेस डाँडाथोक टोल कार्यसमितिको सभापतिमा थापा
- February 16, 2022
- 7686

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले डाँडाथोकमा सन्दिप थापाको नेतृत्वमा डाँडाथोक टोल कार्यसमिति समिति गठन गरेको छ । कास्की काँग्रेसबाट टोल समिति गठन गर्न पोखरा १६ मा खटिएको कार्यदलका सदस्यको उपस्थितिमा वुधबार आयोजित भेलाले टोल कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपसभापतिको २ पदमा सावित्री भट्टराई कुँवर र प्रदिप थापा, सचिव २ मा विमश थापा, सहसचिव २ मा मिना कुँवर र गोपाल खड्का चयन भएका छन् भने कोषाध्यक्षमा अम्मरबहादुर कुँवर चयन भएका छन् । त्यस्तै सदस्यमा होमबहादुर थापा, इन्द्र गुरुङ, बलबहादुर थापा, रामबहादुर खड्का, कृष्णबहादुर जि.सी, धनबहादुर थापा, लोकबहादुर थापा, अर्जुन वि.क., अर्जुन कुँवर, रामजी गौतम, सुरेन्द्र थापा र नेत्रबहादुर थापा चयन भएका छन् ।
त्यस्तै भेलाले बुद्धिबहादुर गुरुङ, तेजबहादुर खड्का, मोहनजंग कुँवरर भोजबहादुर थापा र नवराज थापालाई सल्लाहकार समितिमा चयन गरेको छ । पोखरा १६ मा जिल्लाबाट खटिएको कार्यदलको उपस्थितमा गठन भएको यो नै पहिलो टोल समिति हो । यद्यपि यसअघि वडा कार्यसमितिले ४ वटा टोल कार्यसमिति गठन गरिसकेको छ । यो सँगै पोखरा १६ मा नेपाली काँग्रेसक टोल कार्यसमितिको संख्या ५ पुगेको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं कार्यदल संयोजक रंगिला आचार्यले आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कार्यसमितिलाई आवश्यक रणनीति बनाउएर काँग्रेसका उमेद्वारलाई विजय बनाउन निर्देशन दिएकी थिइन् ।
नेपाली काँग्रेसका नेता एवं कार्यदल सदस्य इन्द्र कुँवरले पोखराका १६ का अन्य टोलहरुमा पनि क्रमशः काँग्रेसको टोल समिति गठन गर्दै लैजाने जानकारी दिए ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदन बस्नेतले कास्कीका स्थानीय तहमा नेपाली काँग्रेसको विजय सुनिश्चित गर्न नयाँ रणनीति बनाउन जरुरी रहेको सुझाए ।
नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पद्मसिंह गुरुङ, नेपाली काँग्रेस पोखरा १६ का पूर्वसभापति शिवराज देवकोटा, प्रदेश अधिवेशन प्रतिनिधिद्वय ऋषिराम आचार्य र मञ्जुश्री थापा समेतका क्षेत्रीय प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको भेलामा नेपाली काँग्रेस कास्की प्रदेश सभा (ख) का उपसभापति होमबहादुर बानियाँ, क्षेत्रीय प्रतिनिधि सरोज कुँवर, सिर्जना थापा लगायतका वक्ताहरूले पोखरा १६ मा नेपाली काँग्रेसको वर्तमान अवस्था र भावी चुनौतिबारे चर्चा गरेका थिए ।
नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव बलराम आचार्यले गरेका थिए ।





















