
पोखरा भ्यूज । पर्यटन व्यवसायी महिला संघ(टेवान)ले आफ्नौ चौथो वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
साधारणसभाको सोमबार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेल उद्घाटन गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थान सरकारको प्राथमिकतामा रहेको बताए ।
कोरोनाले पर्यटन व्यवसाय नराम्रोसँग प्रभावित भएको र यसको पुर्नरुत्थानमा लागि सरकारले सरकारले विभिन्न कार्यक्रम अघि सारेको उनले बताए ।
कोरोना प्रभावित व्यवसायलाई राहत उपलब्ध गराउने उद्देश्यका साथ व्यवसाय जीवन रक्षा कोष, कर्मचारी पर्यटन विदा, पर्यटन मजदुर लक्षित राहत कार्यक्रम आदि अघि सारिएको उनले जानकारी गराए ।
टेवानले महिला पर्यटन व्यवसायीलाई संगठित गर्दै विभिन्न कार्यक्रम अघि बढाएकोमा प्रशंशा गर्दै उनले मन्त्रालयका तर्फबाट क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
टेवानका अध्यक्ष रेनु थापाले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ संस्था विभिन्न कार्यक्रम सहित बढीरहेको बताउँदै संस्थामा आवद्ध सदस्यको क्षमता एवम् सिप अभिबृद्धिका लागि महिला सशक्तिकरण तथा व्यवसायिक क्षमता अभिबृद्धि तालिम गर्ने बताईन । विभिन्न आरोह अवरोहकाबीच संस्था अघि बढेको बताउँदै उनले पर्यटन व्यवसायमा आवद्ध महिलाको उद्यमशिलता अभिबृद्धि गर्ने बताईन ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले आर्थिक व्यवस्थापन नहुँदासम्म व्यवसाय राम्रो हुन नसक्ने बताउँदै कोरोना प्रभावित व्यवसायीलाई सरकारको साथ र सहयोग आवश्यक हुने बताए । आन्तरिक पर्यटनको पुर्नरुत्थान अहिलेको आवश्यकता भएको बताउँदै उनले सरकारका नीति नियम पर्यटन व्यवसाय मैत्री हुनुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले कोरोना प्रभावित व्यवसायीका लागि तीनवटै सरकारले अघि सारेका राहत प्याकेज लक्षित बर्गसम्म पुग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, हान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदी, संघका महासचिव शोभा न्यौपाने पाण्डे, संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कमला गिरी लगायतले पर्यटन व्यवसायी महिला संघका गतिविधिबारे प्रकाश पारेका थिए ।






सम्बन्धित खवर
















