
पोखरा भ्यूज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशमा शान्ति विना समृद्धि र विकास गर्न नसकिने बताएका छन । ८६ औं महाशिवरात्री महोत्सव शिवध्जारोहण एवं शान्ति शोभायात्रा तथा स्नेह मिलन कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मन्त्रीले उक्त कुरा बताएका हुन ।
ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय पोखराले आयोजना गरेको उक्त कार्यक्रममा वोल्दै मन्त्री बरालले कुनै पनि देशको विकास र समृद्धिको लागि शान्ति हुनुपर्नेमा जोड दिदै देशमा अझै शान्ति स्थापना नसकेको बताए। उनले भने “ जससम्म हामी हाम्रो मुलुक भित्र शान्ति कायम गर्न सक्दैनौं तवसम्म हामीले राखेका लक्ष्य र उद्धेश्य पूरा गर्न सकिदैन । “गौतम बुद्धजन्मेको यो मुलुकमा अझै शान्ति स्थापना गर्न नसकिएको” मन्त्री बरालले बताए । यस्तै अभियानहरुले समाजमा जागरण गराउने गरेको बताए ।
यस अघि मन्त्री बरालले पोखरा ११ मा निर्माण हुदै गरेको दिव्य शान्ति अनुभुती केन्द्रको समेत अवलोकन गर्दै उक्त भवन निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताए । करिब ३० करोडको लागतमा उक्त भवन निर्माण गर्न लागिएको निर्माण समितिका लोकनाथ काफ्लेले जानकारी दिए । कास्कीका प्रखुम जिल्ला अधिकारी जयनारायण आचार्यले ओम शान्तिले समाजमा जागरण गराउदै सकरात्मक सन्देश दिने गरेको बताए । विश्व बिद्यालयकी संस्थापक शोभा दीदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव शैलेस बराल, सदस्य शिसिर रेग्मी लगायतले वोलेका थिए । पोखरा नयाँबजारबाट सुरु भएको झाँकी सहितको र्याली पोखरा नगर परिक्रममा गरी निर्माण हुदै गरेको केन्द्रकोे सभाहलमा पुगेर समापन भएको थियो ।







सम्बन्धित खवर
















