२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

राज्यले सवै धर्मलाई समान ढंगले हेर्नुपर्छः मन्त्री बराल

पोखरा भ्यूज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राज्यले कुनै एक धर्मलाई मात्र प्रथामिकता दिन नहुने बताउदै राज्यले सवै धर्मलाई समान रुपले हेर्नुपर्ने बताएका छन । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित पुरानो मैदानमा मंगलबार समाज सेवा यूवा परिवारको शिवरात्रि पर्वको अवसरमा आयोजित खुल्ला शिव भजन प्रतियोगिता तथा भवन शिलन्यास कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुवंरले नेपालमा हिन्दु धर्मलाई नै प्रथामिकता दिनुपर्ने र नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने आफ्नो धारण राखेसंगै मन्त्री बरालले जनप्रतिनिधिले कहिले पनि यस्तो एउटा धर्मलाई मात्र प्रथामिकता दिन नहुने भन्दै टिप्पर्ढी गरेका थिए । सवै नागरिकहरुको लागि सिप पुराउनु पर्छ भन्दै माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको बिषेश पहलमा प्राबिधिक बिद्यालय स्थापना भएको बताउदै मन्त्री बरालले अन्नपूर्णमा हाल दुई वटा सडक बाटो, अधेरीखोलामा झोलुङगे पुल, वहुउदेश्यीय भवन निर्माणमा समेत सहयोग गर्ने बताए ।

हसेंश्वर पशुपतिनाथ शिवालय मन्दिर व्यबस्थापन समितिको आयोजनामा करिब ५५ लाखको लागतमा उक्त भवन निर्माण हुने भएको आर्थिक संयोजक भेषराज पौडेलले बताए । २०७६ सालमा आयोजित महायज्ञबाट करिब १ करोड २९ लाख २१ हजार १ सय ४७ रुपैया संकलन भएको आर्थिक समितिका एक सदस्य मदन प्रसाद पौडेलले जानकारी दिए । भतेरे परिवारबाट ५ लाख ६० हजार, डहरमुनि परिवारबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैया महायज्ञमा सहयोग प्राप्त भएको परिवारले जनाएको छ । उक्त बहुउद्धेश्यीय भवन निर्माण भएसंगै साविक ढिकुरपोखरीका स्थानियहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भएको स्थानियले बताएका छन ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुवंरले पाउदुरको शिवालय मन्दिर पुरानो ऐतिहासिक मन्दिर भएकोले यसको विकास गर्न सके धार्मिक पर्यटन प्रबद्र्धन गर्न सकिने विश्वास व्यक्त गरे । हाम्रो धर्म र संस्कृती पूर्वीय संस्कृति भएको दाबी गर्दै उनले धर्मको निम्त्ति एक हुनुपर्ने नेपाललाई हिन्दु राज्य घोषणा गर्न माग गरे ।

समाज सेवा यूवा परिवारका अध्यक्ष नारायण पौडेल नयनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका द्धितीय उपाध्यक्ष शिव प्रसाद पौडेल, संस्थापक सदस्य टेक बहादुर क्षत्री लगायतले बोलेका थिए । उक्त अवसरमा हाम्रो मैदान गाँउ गीत तथा तीर्थराज पौडेलद्वारा लिखित पाउँदुर शिवालय एवं सनातन संस्कृतिभित्रको विज्ञान नामक पुस्तकको समेत मन्त्री बरालले विमोचन गरेका छन ।भजन प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…