नेपाली काँग्रेस कुर–कालीखोला–देउराली टोल कार्यसमितिको सभापतिमा भट्टराई
- March 2, 2022
- 6858

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस कुर–कालीखोला–देउराली टोल कार्यसमिति पोखरा १६ को सभापतिमा राजुप्रसाद भट्टराई चयन भएका छन् । नेपाली काँग्रेसका पोखरा–१६ ले वुधबार स्थानीय महावीर मार्गमा आयोजना गरेको भेलाले भट्टराईको नेतृत्वमा टोल कार्यसमिति चयन गरेको हो ।
यो सँग पोखरा १६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या १० पुगेको वडा इकाईका सभापति अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।
टोल कार्यसमितिको उपसभापतिद्वय मिनु बस्नेत र चन्द्रकान्त भट्टराई, सचिवद्वयमा ईञ्जिनियर सुवास भट्टराई र सन्तोष बस्नेत, सहसचिवद्वयमा रामजी बस्नेत र विष्णु बस्नेत चयन भएका छन् भने कोषाध्यक्षमा सरस्वती विश्वकर्मा चयन भएकी छन् । त्यस्तै सदस्यमा मेन्दु तामाङ, प्रितम शाही, सरिता जि.सी., मुरारी जि.सी., महेन्द्र तामाङ र रामचन्द्र बस्नेत चयन भएका छन् ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधित्रय लक्ष्मी पाण्डे, राधाकृष्ण गुरुङ र मदन बस्नेत, प्रदेश अधिवेशन प्रतिनिधिद्वय ऋषिराम आचार्य र मञ्जुश्री थापा, प्रदेश सभा ख का उपसभापति होमबहादुर बानियाँ, पूर्वमहाधिवेशन प्रतिनिधिद्वय पदमसिंह गुरुङ र दुर्गा केसी थापा, क्षेत्रीय सदस्य ओममाया नेपाली, पूर्वसभापतिद्वय मुक्तिराम भट्टराई र शिवराज देवकोटा समेतका नेताहरूले संयुक्तरूपमा नवगठित टोल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई खादा ओढाई वधाई ज्ञापन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पाण्डेले आउँदो वैशाख ३० हुने स्थानीय निर्वाचनको पूर्वतयारीका लागि टोलसमिति गठन गरिएको बताइन् ।
उनले अघिलो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका प्रत्यासी वडाध्यक्ष पदमसिंह गुरुङ झिनो मतले पराजयको भएको स्मरण गर्दै अवको निर्वाचनमा कम्यूनिष्ट गढ भत्काउने जिम्मेवारी टोल कार्य समितिमा आएको जनाउ दिइन् । ‘हिजो पदमसिंह दाई जितको नजिकै पुग्नुभएको थियो, अबको निर्वाचनमा प्रत्येक टोल समितिलाई परिचालन गरेर काँग्रेसका उमेद्वारलाई जिताउनुपर्छ,’पाण्डेले भनिन् ।
कार्यक्रममा नवगठित कार्यसमितिका सभापति भट्टराई र सचिव ईञ्जिनियर सुवासले पार्टीले दिएको जिम्मेवारी कुशलतपूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि मदन बस्नेत, क्षेत्रीय प्रतिनिधि जितबहादुर बस्नेत वडा समितिका सचिव बलराम आचार्य लगायतका वक्ताले वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा काँग्रेसका उमेद्वारलाई जिताउन नयाँ रणनीतिक योजनाका निर्माणका लागि आवश्यक तयारी थालिएको बताए ।







सम्बन्धित खवर
















