
पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले शनिबार दुई वटा टोल कार्यसमिति गठन गरेको छ । बाटुलेचौरस्थित संगमचोक र हरिपाउमा आयोजित दुई भिन्दाभिन्दै भेलाले रमेश गान्धीको नेतृत्वमा मैदान संगमचोक–महेन्द्रगुफा र नगेन्द्रप्रसाद आचार्यको नेतृत्वमा हरिपाउ–कुरिचौर टोलकार्यसमिति गठन गरेको नेपाली काँग्रेस पोखरा १६ का पूर्वसभापति शिवराज देवकोटाले जानकारी दिए । उनका अनुसार पोखरा १६ मा गठित टोल कार्यसमितिको संख्या १९ पुगेको छ । टोल कार्यसमिति गठन गर्ने क्रम जारी रहेको छ ।
भेलामा सहभागी नेपाली काँग्रेसका महासमिति सदस्य एवं गण्डकी प्रदेशस सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा, महाधिवेशन प्रतिनिधिहरु राधाकृष्ण गुरुङ, लक्ष्मी पाण्डे, मदन बस्नेत, प्रदेश अधिवेशन प्रतिनिधि मञ्जुश्री थापा, क्षेत्रीय सदस्य ओममाया नेपाली, नेपाली काँग्रेस कास्की २ ख का उसभापति होमबहादुर बानियाँ, पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिंह गुरुङ लगायतका नेताले नवगठित टोल कार्यसमितिका पदाधिकार एवं सदस्यहरुलाई टीका र खादाले सम्मान गरेका थिए । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस रोज्ने भिमसेन बस्नेतलाई पनि खाता ओढाएर स्वागत गरिएको छ ।
मैदान संगमचोक–महेन्द्रगुफा टोल कार्यसमितिमा गान्धी
नेपाली काँग्रेस मैदान संगमचोक–महेन्द्रगुफा टोल कार्यसमितिको सभापतिमा रमेश गान्धी चयन भएका छन् । स्थानीय संगमचोकमा शनिबार भेलाद्वारा गठित टोल कार्यसमितिको उपसभापतिद्वयमा राजेन्द्र थापा र सुन्दरराज अधिकारी, सचिवद्वयमा इशान खड्का र करिष्मा परियार, सहसचिवद्वय हरि बस्नेत र विश्व के.सी. कोषाध्यक्षमा पारिजात खराल चयन भएका छन् ।
त्यस्तै सदस्यमा राजु चिल्याजु, चित्रबहादुर गुरुङ, सु.हितकाजी गुरुङ, कुलबहादुर सुनार, सु. कृष्ण खड्का, राधिका थापा, भगवान बस्नेत, नाजी बस्नेत, बाबुराम श्रेष्ठ, नीरा बस्नेत, रविन श्रेष्ठ, शुशिल श्रेष्ठ, अर्जुन गौतम, जगतलाल श्रेष्ठ, कमल खड्का निलकुमार श्रेष्ठ, निकेश थापा, विकास के.सी., दिपिका कार्की बस्नेत, विक्रम तामाङ, गीता विष्ट, अम्बर नेपाली, सन्तोष बस्नेत, सूर्य गुरुङ, सविन बस्नेत, नरबहादुर नेपाली, विकास नेपाली, रशेश परियार, दिलबहादुर परियार, अनिष अधिकारी, नारायण अधिकारी (मैदान) गणेश बस्नेत, समुन्द्र परियार, किरण नेपाली, कृष्ण खड्का, दिपेश बस्नेत, शिला वि.क, अन्जु परियार, अम्विका परियार, मेनुका वि.क., गीता नेपाली, नानी परियार मखमली नेपाली, अनिता वि.क., सम्झना नेपाली, डिलमाया सुनार, जानुका गुरुङ, आरजु नेपाली, अमृत नेपाली र शुसान्त बस्नेत चयन भएका छन् ।
त्यस्तै सल्लाहाकार समितिमा दुर्गा के.सी थापा, चिनबहादुर कार्की, कर्णबहादुर गुरुङ, बाबुराम बस्नेत, योगेन्द्र बस्नेत, गोविन्द खड्का, विजय थापा र सरस्वती खड्का चयन भएका छन् ।

पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा, महाधिवेशन प्रतिनिधिद्वय राधाकृष्ण गुरुङ र मदन बस्नेत, पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिं गुरुङ, क्षेत्रीय सदस्य ओममाया नेपाली, नेपाली काँग्रेस पोखरा १६ का पूर्वसभापति शिवराज देवकोटाक्षेत्रीय प्रतिनिधिद्वय बलराम आचार्य र विक्रम बस्नेत लगायतले पोखरा १६ मा नेपाली काँग्रेसको संगठन विस्तार एवं टोल कार्यसमितिको गठन प्रक्रिया एकसाथ अघि बढेको चर्चा गर्दै आउँदो वैशाख ३० हुन स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उमेद्वारलाई जिताउन आग्रह गरे ।
उनीहरुले २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले जारी गरेको घोषणापत्र बमोजिम प्रदेश सरकारमार्फत् आफ्ना नीति तथा कार्यक्रबाट जनसेवा गरेको दावी गरेका थिए ।








सम्बन्धित खवर
















