2Shares

पोखरा भ्यूज

पोखरा । कास्कीको अन्नपूर्ण-१ स्थित सिम सिम्ले नेपाने बहुउद्देश्यीय कृषि फर्मको चौथो साधारण सभा एवं दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

शनिवार अन्नपूर्ण-१ स्थित श्री परशु आधारभुत बिधालयमा सम्पन्न अधिवेशनले हरिप्रसाद भुगाईलाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा शिवप्रसाद अधिकारी, सचिवमा राजकुमार कुँवर, कोषाध्यक्षमा पार्वती बस्नेत कुँवर र सह-सचिवमा हेमराज अधिकारी रहेका छन । त्यस्तै कार्यसमिति सदस्यमा उद्वीम बहादुर कुँवर, शिवबहादुर कुँवर, खिमप्रसाद अधिकारी, बिष्णुमाया कुँवर, शारदा अधिकारी र गोबिन्द बहादुर कुँवरलाई निर्वाचित गरेको निर्वाचन समितिका संयोजक महेन्द्र बहादुर कुँवरले जानकारी दिए ।
यसैगरी लेखा समितिको संयोजकमा कृष्णबहादुर कुँवर, सदस्यमा तुलसीप्रसाद अधिकारी र मोहनप्रसाद अधिकारी साथै सल्लाहकार समितिको संयोजकमा कलाधर भुगाई रहेका छन । निर्वाचन सम्पन्न गर्नका लागि महेन्द्र बहादुर कुँवर संयोजक, सदस्यमा तुलसीप्रसाद अधिकारी र टंकराज अधिकारी रहेका थिए ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लोक सेवा आयोग गण्डकी प्रदेशका सचिव एवं शेयर सदस्य विनोदबहादुर कुँवरले गाउँमा युवाहरुका लागि यस्तै प्रकारका महत्वपूर्ण कार्यक्रमहरु हरेक ठाउमा सुरु हुन सके बाँझो जमिनको सदुपयोग हुने र गाउँमै रोजगारी हुने बताए ।
कृषि फर्मका अध्यक्ष हरिप्रसाद भुगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वड़ा नं १ का वड़ाध्यक्ष भरतजंग कुँवर, सल्लाहकार संयोजक कलाधर भुगाई, शेयर सदस्य ग़मबहादुर कुँवर, तुलसीप्रसाद अधिकारी, कृष्णबहादुर कुँवर, फर्मका उपाध्यक्ष शिवप्रसाद अधिकारी, सचिव राजकुमार कुँवर लगाएतले आआफ़नो मन्तव्य राखेका थिए ।
सभाले अध्यक्ष हरिप्रसाद भुगाईले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन र लेखा समितिका संयोजक कृष्णबहादुर कुँवरले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
हाल संस्थामा २०० जना शेयर सदस्य मध्ये पुरुष ११३ र महिला ८७ जना रहेका छन । महिलामा विवाहित ४८ छोरी चेलिवेटी र ३९ जना बुहारी रहेका छन ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected