
पोखरा भ्यूज
पोखरा । पोखरा १८ स्थित सराङकोट बासीले पिउने पानीको सुविधा प्राप्त गरेसंगै अब सडक निर्माण गर्न माग गरेका छन । निर्वाचनका बेला पिउने पानीको सुविधा उपलब्ध गराउने भनी सराङकोट बासीलाई दिएको वचन पुरा गरेका गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन समक्ष अब सडक निर्माण गर्न स्थानियले माग गरेका हुन्।
सराङकोटमा बुढी मुल लिफ्टीङ खानेपानी योजना, स्याउदे सिमलवोट खानेपानी लगायतका योजना सम्पन्न गर्न करिब ६ करोड ३३ लाख रुपैया विनियोजन भएको थियो भने बाँकी दुई तोरीपानी खानेपानी योजना र ग्यारजाति खानेपानी योजना हाल निमार्णाधिन अबस्थामा रहेका छन्। निर्माण हुदै गरेका दुई वटा योजनामा करिब ९५ लाख रुपैया बजेट विनियोजन भएको छ ।
स्थानियसंगको भेटघाट कार्यक्रममा बोल्दै माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले पर्यटकीय क्षेत्र सराङकोटमा पानीको चर्को समस्या भएकोले त्यसको व्यबस्थापन गर्न आफुले पहल गरेको बताए । स्थानियको माग अनुसार अब सडक निर्माणमा जनताको आवश्यकताको आधारमा सडक निमार्णमा बिषेश पहल गर्ने मन्त्री बरालले बताए ।
भकुण्डे, अर्मजा, तोरीपानी लगायतको सडक निर्माणमा पहल गर्ने बताउदै मन्त्री बरालले जनताको असल प्रतिनिधि हुन मेहेनत गर्नुपर्ने जनाए । संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि माओबादी केन्द्रले मात्र गर्न सक्ने भएकोले माओबादीको नेतृत्व आवश्यक भएको उनको भनाई थियो । प्राप्त उपलब्धिलाई खारेज गर्न तर्फ एमाले अध्यक्ष केपी शर्मा ओली उद्धत भएकोले गठबन्धन आवश्यक भएको मन्त्री बरालले बताए ।
माओबादी केन्द्रका नेता राजु शर्मा तिमिल्सिनाले सांसद देखि मन्त्री रहदासम्म बरालले सराङकोटमा क्षेत्रमा पुराएको योगदानको प्रशम्सा गरे । अर्को नेता टिकाराम तिमिल्सिनाले मन्त्री बरालको पहलमा पानीको सहज व्यबस्था भएसंगै गाउँ फर्क अभियान समेत सुरु भएको बताए ।
नेकपा माओबादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्णाखर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबिच नेकपा माओबादी केन्द्र पोखरा १८ को तोरीपानी टोल कमिटिको अध्यक्षमा अनन्त तिमिल्सिना, इन्चार्जमा नर बहादुर भुजेल चयन भएका हुन्।







सम्बन्धित खवर
















