
पोखरा भ्यूज
पोखरा । लोकतान्त्रिक लेखक तथा स्रष्टाहरूको साझा संस्था नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा सम्पन्न भएको छ।
शुक्रबार र शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा तीर्थ श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ।
नेतृत्व चयनका लागि कतिपय पदमा सर्वसम्मत र कतिपय पदमा निर्वाचनबाट चयन गरिएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनले सह–अध्यक्षमा डा.रत्नमणि नेपाल, उपाध्यक्षमा डा. शैलेन्दुप्रकाश नेपाल र सन्ध्या पहाडी, महासचिबमा सोझो गाउँले, उप–महासचिवमा बाबु कार्की उदास, कोषाध्यक्षमा दामु मर्सीफुल सचिवमा अनुपमा रेग्मी र गणेश शर्मालाई चयन गरेको छ।
यसैगरी सदस्यहरुमा सुरेन्द्र अस्तफल, निर्मला कोइराला, नारायण सापकोटा, ह्याग्रीव आचार्य, प्रकाश विमिल, युवराज डि सी, डा. विष्णुबहादुर के.सी, गोपाल अश्क र भीष्म काफ्ले रहेका छन ।
त्यस्तै सदस्यमा गौकुमारीन्यौपाने, महेन्द्र वाग्ले, बाबुराम चालिसे, राधिका गुरागाईँ, सरस्वती पन्त, ॠचा लुइटेल, अमृता स्मृति, सरस्वतीशर्मा जिज्ञासु, अन्जना पौडेल, जीवन आचार्य, कुमार दाहाल, भगवती खनाल, वासुदेव जम्मरकट्टेल, विष्णुबहादुर दौलाल, महेन्द्रचन्द महासागर, सन्जाकुमारी दनुवार निर्वाचित भएका छन ।








सम्बन्धित खवर
















