5Shares

पोखरा भ्यूज

काठमांडौं । स्थानिय निर्वाचन लाई लक्षित गर्दै कांग्रेसले सञ्चार संयन्त्र परिचालन गरी प्रचारप्रसारलाई प्रभावकारी बनाउने भएको पार्टी प्रवक्ता डा. प्रकाश शरण महतको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले वडा तह सम्म सञ्चार संयन्त्र तयार गरी प्रचारप्रसारलाई तीव्रता दिने निर्णय गरेको

केन्द्रीय प्रचारप्रसार समितिले तत्काल केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने प्रदेश स्थानीयतहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधिकेन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने निर्णय गरी तल्लो तहसम्म निर्देशन जारी गरिसकेको केन्द्रीय समितिका संयोजक डा. महतले जानकारी दिए अनुसार पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामाग्री निमार्ण गर्ने विभिन्न सञ्चारमाध्यमहरू रेडियो, एफ.एम. टि.भि. प्रिन्ट मिडिया, अनलाइन तथा सामाजिक सञ्जाल लगायतबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने  उक्त कार्यका लागी पार्टी सम्बद्ध भातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवीहरू, सञ्चारकर्मी अन्य पेसागत संस्था साथीहरूलाई परिचालन गर्ने  निर्णय भएको सञ्चार विज्ञ, भातृ एवं शुभेच्छुक संस्था पार्टीका युवा पंक्तिलाई प्रचारमा परिचालित गरिने कांग्रेसले जनाएको

प्रचार प्रसार समितिको पहिलो बैठकले विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सम्भव भएमा मतदानको बेलामा स्वदेशमा आई नेपाली कांग्रेसलाई मतदान गर्न आव्हान गर्ने सो सम्भव नभए आफ्नै स्थानबाट विभिन्न माध्यमले आफ्नो गाउँ, नगर, घर परिवारका साथै सम्पर्क भएसम्मका व्यक्तिहरूलाई नेपाली कांग्रेसको पक्षमा मतदान गर्न प्रेरित गर्न अपिल गर्ने निर्णय पनि गरेको

उक्त कार्यमा समन्वय एवं सहयोग गर्न विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई परिचालन गर्ने पनि कांग्रेस प्रचार समितिले निर्णय गरेको ।कांग्रेसको प्रचार प्रचार समितिले पार्टीको घोषणा पत्र, प्रचार प्रसार सामग्री र नारा तयार गर्दा नेपाली कांग्रेसको सरकार नेपाली कांग्रेस विजयी भएको स्थानीय तहले देश जनताकोहितमा गरेका कामहरु आगामी निर्वाचनमा विजयी भएपछि गर्ने भावी कार्यक्रम जनतासम्म पु¥याउने गरी काम गर्न पनि निर्देशन दिएको

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected