18Shares

पोखरा भ्यूज

पोखरा  स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा कास्कीको पाँच वटै स्थानीय तह प्रमुखमा कांग्रेसले नछाड्ने संकेत देखाएको कास्कीको मादी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पालिकाको प्रमुख उपप्रमुखमा कांग्रेसले आफ्नो दावी छाडेको छैन

कास्कीको पाँच पालिकामा कांग्रेसका ४८ जना प्रमुखको आकांक्षी देखिएका छन् भने २० जना उपप्रमुखका आकांक्षी देखिएका छन्

पोखराको मेयरमा गठबन्धन विरुद्ध कांग्रेसमा १८ जनाको उम्मेद्वारी

नेपाली कांग्रेसबाट पोखराको मेयर बन्न १८ जनाले आकांक्षा देखाएका छन् जसमा बहालवाला मन्त्रीदेखि पार्टीका जिल्ला सभापतिसम्म छन् प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले मन्त्री पद छोडेरै पनि मेयर बन्न दौडधुप गरिरहेका छन् यस्तै, पार्टी सभापति किशोरदत्त बराल पनि मेयरको दौड़मा रहेका छन्

मेयरमा महिलाबाट जनाको आवेदन परेको कांग्रेस गण्डकीकी सहमहामन्त्री कोपिला रानाभाट र यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङ पनि मेयरको आकांक्षीको रूपमा अघि सरेकी छिन्

यस्तै, नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्य, निवर्तमान सभापति कृष्णबहादुर केसी, जिल्ला सभापतिमा पराजित सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य,, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, बाबुराम गिरी, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, विश्व घिमिरे, ऋषि सापकोटा किरण केसीले आकांक्षा राखेका कांग्रेस पोखराका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए

उनका अनुसार उपमेयरमा भने १० जनाको नाम परेको उपमेयरमा आवेदन दिने अधिकांश महिला छन् लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, मीलन थापा  चिनु गुरुङले नाम दर्ता गरे भने पुरुषबाट दीपक महत, शिव केसी गोविन्द नेपालीको नाम दर्ता भएको कांग्रेस पोखराले मेयरका लागि २५ हजार उपमेयरका लागि २० हजार स्वेच्छिक शुल्क लिएको थियो

मन्त्रीको मेयर इच्छा

विन्दुकुमार थापा अहिले गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री हुन् मन्त्री थापाले पोखरामा मेयर कुनैपनि हालतमा जित्न आवस्यक रहेको बताएका छन । उनले पार्टीले आफुलाई टिकट दिएपनि अरुलाई दिएपनि जिताउनका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन । गण्डकी प्रदेशमा थापाको राजीनामा भए गण्डकी प्रदेश सरकार अल्पमतमा पर्न सक्छ  त्यसो त एमालेबाट पनि सांसदले मेयर ताकेका छन् कृष्णबहादुर थापा राजीव पहारी मेयरको दौंडमा छन् उनीहरुमध्ये एकले टिकट पाए थापालाई पनि ढाडस मिल्छ एमालेका पनि प्रदेश सांसदलाई छेक्ने प्रयास भईरहेको

अन्नपुर्ण गाउँपालिका अध्यक्षमा उपाध्यक्षमा जनाको उम्मेदवारी

अन्नपुर्ण गाउँपालिकामा निर्वाचित पालिका प्रमुख युवराज कुवरँ सहित जनाले प्रमुखको लागि आवेदन दिएका छन् कास्कीमा २०७४ सालमा अन्नपुर्ण गाउँपालिका कांग्रेसले जित निकालेको थियो कुवरँले पुनः प्रमुखका लागि आकांक्षा देखाउँदै आवेदन दिएका छन उनि सहित अध्यक्षमा कांग्रेसका पूर्वज़िल्ला उपसभापति आई बहादुर गुरूङ, पूर्व क्षेत्रिय सभापति पोषनाथ शर्मा, प्रदेश का सभापति एवं वडा नं का वर्तमान वडाध्यक्ष जिवनाथ पौडेल, पालिका सभापति मनपति भण्डारी, पूर्व महाधिवेशन प्रतिनिधिराजबहादुर गुरूङ, क्षेत्रिय प्रतिनिधि मुक्तिराम अधिकारीको आवेदन परेको कांग्रेस गाउँपालिका सचिव विजय गुरूङले जानकारी दिए त्यस्तै उपाध्यक्षमा खिम कुमारी गुरूङ गौमाया नेपालीले मात्र आकांक्षा राखेका छन

माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा उपाध्यक्षमा जना आकांक्षी

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट नौ जनाले आकांक्षा राखेको छन् त्यसैगरी उपाध्यक्षमा जनाले उम्मेदवार बन्न आकांक्षा राखेका हुन्

गाउँपालिका अध्यक्षका लागि नेपाली काँग्रेसमा वीरेन्द्र गुरुङ, खुशीमान गुरुङ, मीनबहादुर गुरुङ, भीमबहादुर गुरुङ, टेकनशोभा गुरुङ, दीपकराज पौडेल, केशवराज अधिकारी(राजु), कृष्णकुमारी गुरुङ विष्णुबहादुर क्षेत्रीले आकांक्षा राखेका छन

यसैगरी उपाध्यक्षका लागि सीता अधिकारी, लक्ष्मी लम्साल, मीनादेवी सुवेदी, पूमाकुमारी शर्मा पौडेल, जुनाकुमारी जिसी गीता क्षेत्रीको आवेदन परेको परेको

मादीमा १२ आकांक्षी

मादी गाउँपालिका अध्यक्षमा १२ जनाले आकांक्षा देखाएका छन् भने उपाध्यक्षमा नाम नै संकलन गरिएको छैन जिल्ला सचिव भानुभक्त ढकाल, जिल्ला सदस्य अर्जुन गुरुङ, पूर्व क्षेत्रीय सभापति बृजमान गुरुङ, क्षेत्रीयसचिव सरोज केसी ओमप्रकाश गुरुङ, पालिका सभापतिमा चुनाव हारेका देवीजंग गुरुङ, सागर गुरुङ, कृष्णचन्द्र बराल, यमनाथ सापकोटा, लेखबहादुर गुरुङ, प्रेमबहादुर तामाङ सूर्यमोहन सापकोटाले प्रमुखपदका लागि उम्मेदवारी दिएका हुन्

यसअघि माओवादीले अध्यक्ष दाबी गरे पनि कांग्रेसले छोड्न नसक्ने बताएपछि उपाध्यक्ष छोडेर अध्यक्षमात्रै ना सिफारिस गर्न लागिएको मादी गाउँपालिकाका सभापति यमबहादुर गुरुङले जानकारी दिए  स्रोतका अनुसार मादीको उपाध्यक्ष माओवादीलाई दिने बुझिएको

रुपामा अध्यक्षमा उपाध्यक्षमा जना आंकाक्षी

रुपा गाउँपालिकाको प्रमुखमा जनाले आकांक्षा देखाएका छन् भने उप प्रमुखमा पनि जनाले आकांक्षा देखाएका छन् अध्यक्षका लागि यस अधि उपाध्यक्षमा पराजित गिमाया गुरूङ रूपा गाउँपालिका सभापति विमल न्यौपानेले आकांक्षा देखाएका छन् भने उपाध्यक्षमा आनन्दराज सुवेदी नारायण श्रेष्ठले मात्र इच्छा व्यक्त गरेका छन्

सत्तारुढ दलीय गठबन्धनको शुक्रबार पोखरामा बसेको बैठकमा कांग्रेसले पाँचै स्थानीय तह छाड्न नसक्ने बताएपछि आइतबार पार्टीले आकांक्षीहरुसँग आवेदन मागेको थियो

गठबन्धनका शीर्ष नेताहरुले २०७४ सालको मतभार जनमतका आधारमा प्रमुख पदको नेतृत्व गर्ने गरी निर्देशन दिएका थिए 

तर, कास्कीका वटै स्थानीय तहका ७२ वटै वडामा गठबन्धनका अन्य दल भन्दा कांग्रेस बलियो भएकाले निर्देशन अनुसार दाबी पेश गरेको कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए

जिल्लाका पालिकाको प्रमुख उपप्रमुखमा इच्छुकहरुलाई आइतबार बजेसम्म पार्टीले आह्वान गरेको थियो गाउँपालिकामा गाउँपालिका समिति महानगरमा नगर समितिले आवेदन दिन आग्रह गरेका थिए 

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected