
पोखरा भ्यूज ।
पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा दावी लिएको कास्की कांग्रेसले प्रमुख पद नपाउने छनक देखेपछि सत्ता गठबन्धनलाई चुनौती दिदै सत्तागठबन्धन मध्येको एक़ घटक नेकपा एस सँग गठबन्धन नगर्ने निष्कर्षमा पुगेको छ ।
सत्ता गठबन्धन बीचको छलफलमा पोखरा महानगरपालिकाको प्रमुख पदमा एसले दावी नछोड़े पछि कास्की कांग्रेस बिच्किएको हो । केन्द्रमा समेत पालिकाहरूमा भागबण्डा गर्ने सहमति नजिक पुगेको समाचारहरू सार्वजनिक भई रहेको बेला नेपाली कांग्रेस कास्कीले अन्य पाटीसँग गठबन्धन नगर्ने निर्णय गरेकोछ । नेपाली कांग्रेस कास्कीले नेकपा (एकीकृत समाजवादी) पार्टीसंग आशन्न निर्वाचनमा गठवन्धन नगर्ने निर्णय भएको बिज्ञप्ति निकालेर जानकारी दिएको छ ।
नेकपा एसले कास्कीका विभिन्न तहमा अस्वभाविक माग राखेका कारण सहमति हुन नसकेको जारी बिज्ञप्तिमा उल्लेख छ ।
कास्की कांग्रेसका पार्टी सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटद्वारा जारी बिज्ञप्तीले गठबन्धनमा खैलाबैला मच्चीएको छ ।
सचिवद्वयले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एससंग गठवन्धन नगरि स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय भएको उल्लेख गरेका छन् । नेकपा एससंग गठवन्धन नभएपनि अन्य दलहरुसंग छलफल भइरहेको विज्ञप्तिमा उल्लेखछ ।
कांग्रेसको प्रदेश, क्षेत्र, महानगर र वडा समितिको राय, सुझाव अनुसार नै नेकपा एससंग गठवन्धन नगर्ने निर्णय गरिएको विज्ञप्ति मार्फत जनाइएको छ ।
तर, बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए ।
बिज्ञप्तिको पूर्ण पाठ यस प्रकारको छ ।








सम्बन्धित खवर
















