2.7K+Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं. ११ ले युवा नेता ललित गुरुङलाई सर्वसम्मत् वडाध्यक्षमा सिफारिस गरेको छ । वडा समितिको हालै सम्पन्न बैठकले गुरुङलाई वडाध्यक्षमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको वडासभपाति विशाल गुरुङले जानकारी दिए । ‘ललितजी वडाध्यक्षमा सिफारिस हुँदा घान्द्रुकबासीमा उत्साह देखिएको छ,’ वडा सभापति गुरुङले भने ।

उनका अनुसार वडाध्यक्षका प्रत्यासी उमेद्वारलाई लिएर टोलटोलमा प्रचार अभियान सुरु गरिएको छ । ‘किम्रोङखोला, चुइले, घुर्जुङ, टाँडापनी लगायतका स्थानमा जनताका घरघरमा पुगेर भोट माग्ने क्रम जारी छ,’ टेलिफोनमा कुरा गर्दै वडासभापति गुरुले भने, ‘यो अभियान मौन अविधिसम्म जारी रहने छ ।’

सामाजिक योगदानमा क्रियाशील व्यक्ति वडाध्यक्षमा सिफारिस हुँदा प्रवासमा रहेका घान्द्रुकेहरुमा खुशीयाली छाएको छ । ‘हृदयमा गाउँको विकास र समृद्धिको नारा बोक्ने व्यक्ति उमेद्वार हुँदा हामी प्रवासमा रहेका घान्द्रुकेहरु खुशी भएका छौं,’ फेसबुक म्यासेन्जरमा कुराकानी गर्दै हकङमा रहेका दिपक गुरुङले भने । उनले गुरुङलाई वडाध्यक्षमा विजयी गराउन समाजिक सञ्चाजमार्फत् प्रवासबाटै चुनाव प्रचार थालिएको बताए ।

चुनावी प्रचारमा वडाध्यक्षमा सिफारिस भएका गुरुङ यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा प्रत्यासी भएका थिए । नेपाली काँग्रेस साविक घान्द्रुक गाउँ समितिका सभापति समेत रहेका गुरुङ विभिन्न सामाजिक संस्थामा क्रियाशील छन् । प्रशासनिक र राजनीतिक क्षेत्रको जनसम्पर्कमा राम्रो पकड जमाएका गुरुङको सामाजिक योगदान लोभलाग्दो छ ।

अन्नपूर्ण गाउँपालिकाकै पर्यटनको केन्द्र घान्द्रुक गाउँको समग्र विकासमा योगदान गर्दै आएका गुरुङले अन्नपूर्ण आधारशिविर देखि घान्द्रुक गाउँसम्म अन्नपूर्ण म्याराथन (४२.१९५) कि.मी. को सुरुवात गरी खेल पर्यटनको अवधारण विकास गरेका थिए ।

यद्यपि कोभिड–१९ का कारण दोस्रो संस्करणपछि उक्त खेल हुन सकेको छैन । उनकै नेतृत्वमा २०७४ सालमा अन्नपूर्ण आधारशिविर (४१३० मिटर) मा प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको आरम्भ गरिएको हो ।

अन्नपूर्ण गाउँपालिकाद्वारा गठित अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पूर्वाधार विकासको अध्ययन समितिको संयोजकमा रही उनको नेतृत्वमा तयार पारिएको प्रतिवेदन बमोजिम गाउँपालिकाले त्यस क्षेत्रको पूर्वाधार विकासका कार्यहरु अघि बढाएको थियो ।

त्यस्तै घान्द्रुकको सडक, पुल, खानेपानी आयोजना समेतका पूर्वाधार निर्माणमा पनि गुरुङको महत्वपूर्ण योगदान छ । पर्यटन व्यवसायी समेत रहेका गुरुङको स्थानीय किम्रोङखोलामा घान्द्रुक एग्रो फर्म सञ्चालनमा रहेको छ ।

बेलायत जापान, अमेरिका, हङकङ, क्यानडा, दक्षिण कोरिया,सिंगापुर, जर्मन, इटली, फिलिपिन्स, दुवई, भारत, चीन, इन्डोनेशिया, थाइल्याण्ड, मकाउ, ताइवान लगायतका मुलुकहरुको भ्रमण गरेका घान्द्रुक समाज हङकङद्वारा सञ्चालित गुरुङ व्रेंज मे्रश्रो अवार्ड तथा अन्नपूर्ण गाउँपालिका कास्की, अन्नपूर्ण काठमाडौं समाज नेपाल, सेन्चुरी युवा क्लब, छोम्रोङ लगायतका संघसंस्थाबाट सम्मानित व्यक्ति हुन् ।

2.7K+Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected