506Shares

पोखरा भ्यूज

पोखरा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं मा नेपाली कांग्रेसको तर्फबाट डिल्लीराम पौडेल वडाध्यक्षमा सर्वसम्मत सिफारिस भएका छन्

अन्नपूर्ण वडा समितिले वडाध्यक्षमा वडा सभापति समेत रहेका पौडेलसहित चार जना सदस्य उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको क्षेत्रिय प्रतिनिधि छविराज पौडेलले जानकारी दिए

वडाध्यक्षमा सिफारिस भएका पौडेल यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा प्रत्यासी भएका थिए

युवा व्यक्तित्व स्थानीय स्तरमा लोकप्रिय धार्मिक एवं सामाजिक, सरल सहयोगी पौडेललाई वडाध्यक्षमा सिफारिस गरेको हो पौडेलले बताए 

यसअघि नेकपा (एमाले) ले विजय हासिल गरेको भएपनि यस वडामा यस पटकको स्थानीय निर्वाचनमा कांग्रेसले विजय हासिल गर्ने वडाध्यक्षका प्रत्याशी डिल्लीराम पौडेलले बताए

506Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected