नेपाली काँग्रेस पोखरा १६ को चुनाव प्रचारप्रसार समितिको संयोजकत्वमा पदमसिं
- April 27, 2022
- 6561

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिं गुरुङको संयोजकत्वमा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली पोखरा १६ ले वुधबार पोखरा आयोजना गरेको भेलाले गुरुङलाई संयोजक चयन गरेको हो । समितिको सहसंयोजकमा महाधिवेशन प्रतिनिधि मदन बस्नेत चयन भएका छन् । यद्यपि समितिले पूर्णता भने पाएको छैन ।
त्यस्तै भेलाले विभिन्न ७ वटा उपसमिति गठन गरेको छ । पोखरा भ्यूजलाई प्राप्त जानकारी अनुसार प्रचारप्रसार उपसमितिको संयोजकमा शिवराज देवकोटा, अर्थ संकलन उपसमितिको संयोजकमा गणेश थापा र सहसंयोजक कमल कार्की, तरुण परिचालन उपसमितिको संयोजकमा विक्रम बस्नेत र सहसंयोजक भीमबहादुर गुरुङ, ने.वि. संघ परिचालन उपसमिति संयोजक अञ्जन थापा, महिला उपसमिति संयोजक मञ्जुश्री थापा र कमला तिमिल्सिना, जेष्ठ नागरिक उपसमिति संयोजक दिननाथ आचार्य चयन भएका छन् ।
त्यसैबीच भेलाले उपप्राध्यापक राजेन्द्रबहादुर देवकोटाको संयोजकत्वमा बुद्धिजीवी संघ गठन गरेको समाचार छ । संघको सदस्यमा उपप्राध्यापक नारायणी पौडेल, अधिवक्ताद्वय शालिग्राम भट्टराई र दिलबहादुर बस्नेत, यमबहादुर कार्की चयन भएका छन् । भेलाले संघलाई चुनावी घोषणापत्र तयार गर्न समेत निर्देशन दिएको छ ।
भेलालाई सम्बोधन गर्दै चुनाव प्रचारप्रसार समितिका संयोजक पदमसिं गुरुङले पार्टीको निर्देशन बमोजिम सत्ता गठबन्धनमा रहेको उमेद्वारलाई जिताउन आग्रह गरे । उनले गठबन्धमा रहेको दलहरुको आलोचना नगर्ने केन्द्रीय नीति रहेको समेत जनाउ दिए । यद्यपि गठबन्धमा रहेका दलमध्ये पोखरा १६ मा नेकपा एकीकृत समाजवादी भने गठबन्धनबाट बाहिर छ ।
गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका युवा नेता अमृत शर्मा तिमिल्सिना वडाध्यक्ष, मीनबहादुर गुरुङ सदस्य, ओममाया नेपाली दलित सदस्य तथा एकीकृत माओवादी केन्द्रबाट भगवती भट्टराई र निर्मल आचार्यको खुल्ला सदस्यमा उमेद्वारी परेको छ ।
नेपाली काँग्रेस पोखरा १६ का कार्यवाहक सभापति गणेश थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिद्य लक्ष्मी पाण्डे र मदन बस्नेत, सचिव धर्मराज थापा लगायतका वक्ताहरुले गठबन्धमा रहेका चुनावी रणनीति र त्यसका आयामबारे चर्चा गरेका थिए ।






सम्बन्धित खवर















