422Shares

पोखरा भ्यूज
पोखरा वैशाख २६ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर १, २ र ३ साविक ढिकुरपोखरीमा आज नेपाली काँग्रेसको चुनावी सभा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै काँग्रेसले गाउँपालिकाका विभिन्न ठाउँमा चुनावी सभा गरिरहेको छ । नेपाली काँग्रेसले पालिकाका ११ वडा मध्ये १० वटा वडामा चुनावी सभा सम्पन्न गरेको छ भने बाँकी वडा नं. ९ मा भोली अन्तिम चुनावी सभा गर्दैछ ।
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका तर्फबाट गाउँपालिकाका लागि अध्यक्षका पदका उम्मेदवार युवराज कुवँरले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषि क्षेत्रको विकास नै आफ्नो प्राथमिकतामा रहेको बताउँदै विकास काँग्रेसबाट मात्र सम्भव रहेको बताए ।
कुवँरले फेरि एक पटक विश्वास गरेर विजयी गराउन आग्रह गर्दै जनताको अमूल्य मतलाई खेर जान नदिई जनताका आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । त्यसको लागि वैशाख ३० गते रुख चिन्हमा मतदान गरेर जिताउन समेत उनले वडावासीलाई आग्रह गरे ।
कार्यक्रममा उपाध्यक्षका उम्मेदवार खेमकुमारी गुरुङले गत निर्वाचनमा थोरै मत नपुगेर पराजित भोगेको जनाउ दिदै नेपाली काँग्रेसको नेतृत्वले अन्नपूर्णमा ल्याएको विकासको बहार हेरी पुरै टिमलाई जिताउन आग्रह गरिन् ।
कार्यक्रममा वडा नं. १, २ र ३ का वडाध्यक्षका उम्मेद्वार ईन्द्रप्रसाद सुवेदी, पिताम्वर भण्डारी र डिल्लीराम पौडेलले प्रतिबद्धतापत्रमा उल्लेख गरिएका कुरालाई व्यवहारमा उतारी कार्यान्वयन गरिने बताए ।


प्रमुख अतिथि नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङले समग्र अन्नपूर्णको विकासका लागि नेपाली काँग्रेसका उम्मेद्वारले जित्नुपर्ने बताए । कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेल, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस अन्नपूर्णका सभापति मनपति भण्डारी, नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार समितिका सदस्य सचिव राजबहादुर गुरुङ, जिल्ला सदस्य विष्णु अधिकारी, नेपाल तरुण दल क्षेत्र नं ३ का अध्यक्ष विकास गुरूङ लगाएतले आसन्न निर्वाचनमा नेपाली काँग्रेसका ५७ जना उम्मेद्वारलाई अत्याधिक मत दिई विजयी गराउन आग्रह गरेका थिए ।
नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं. २ का निर्वाचन परिचालन समितिका संयोजक लोकराज भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सचिव कृष्णप्रसाद सुवेदीले गरेका थिए ।

422Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected