
12Shares
पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिकामा मत गणनास्थलमा सिसिटिभी जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनको मतगणना गाउँपालिकाको ६ नं वडामा अवस्थित कृषि अनुसन्धान निर्देशनालय, लुम्लेको सेमिनार हलमा गरिने भएको छ।

मतगणनाको तयारीका लागि हलमा आवश्यक प्रबन्धहरू तयार गरिएको अन्नपूर्ण गाउँपालिकाका लागि निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । गणनास्थल सुरक्षित बनाउन मतगणना स्थललाई फलामका डण्डी गाडेर तारजालीले घेरिएको छ । गणनास्थलमा सिसिटिभी समेत जडान गरिएको उनले जानकारी दिए ।
12Shares








© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















