
425Shares
पोखरा भ्यूज
अन्नपूर्ण कास्की । कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं ११ मा नेकपा एमालेका हिमबहादुर गुरूङ पुन: निर्वाचित भएका छन् ।
आइतबार बिहान सकिएको मतगणनामा गुरूङले ६८४ मत पाउँदै वडाध्यक्षमा जित हासिल गरेका हुन । उनी यसअघि सोही वडाको वडाध्यक्ष थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार ललित गुरूङले ६४४ मत ल्याए ।
सो वडामा महिला सदस्यमा एमाले कै राधा कुमारी गुरुङ, दलित महिला सदस्य आसमाया बि क, खुला सदस्यजगन बहादुर गुरुङ र राम गुरुङ निर्वाचित भएका छन् ।
425Shares








© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















