
पोखरा भ्यूज ।
अन्नपूर्ण कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । सोमवार बिहानीपख सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका विष्णुबहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी देवकोटा विजयी भएका हुन् ।
विष्णुले नेपाली काँग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरसहित पराजित गरेका हुन् । विष्णुले ६ हजार ७ सय२२ मत ल्याउँदा युवराजले ५ हजार ९ सय ५९ मत पाए । कुँवर यस अघि सोही गाउँपालिकाका अध्यक्ष रहेका थिए ।
उपाध्यक्षमा एमालेबाटै चन्द्रकला अधिकारी देवकोटाले ६ हजार ६ सय ८ मतसहित विजयी भएकी छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी खेम कुमारी गुरूङले ६ हजार १४ मत ल्याएकी छन् ।
अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७,९ र ११ वडामा नेकपा एमाले र २, ४, ५, ८ र १० मा नेपाली काँग्रेसले वडाध्यक्ष जित निकालेको छ ।






सम्बन्धित खवर















