
1Shares
पोखरा भ्यूज
पोखरा । कास्कीको रुपा गाउँपालिकामा पुन: एमाले विजयी भएको छ । पालिका अध्यक्षमा नवराज ओझाले कांग्रेसकी गीमाया गुरुङलाई एक हजार ६१२ मतान्तरले हराए । ओझाले पाँच हजार ७४९ मत पाउँदा गुरुङले चार हजार १३७ मत पाइन् ।
उपाध्यक्षमा एमालेकी लालसुब्बा गुरुङले पाँच हजार ३३३ मत ल्याउँदा कांग्रेसका नारायण श्रेष्ठले चार हजार १५३ मत पाएका छन् । अहिले विजयी दुवै उम्मेद्वार दोश्रो पटक उम्मेद्वार बनेका हुन् ।
यसै गरी, एमालेले २, ३, ४, ५, ६ र ७ नम्बर वडामा प्यानल जितेको छ भने कांग्रेसले १ नम्बर वडामा प्यानल जितेको छ ।
1Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















