
पोखरा भ्यूज
अन्नपूर्ण कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
स्थानीय तह निर्वाचनमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी सहित वडा अध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले निर्वाचित भएको प्रमाणपत्र पत्र प्रदान गरेका छन।

गाउँपालिकाको अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका विष्णुबहादुर केसी ६ हजार ७२२ मत सहित अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज कुँवरले ५ हजार ९५९ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारीले छ हजार ६०८ मत प्राप्त गरी विजयी हुँदा नेपाली काँग्रेसकी उम्मेदवार खेमकुमारी गुरूङले ६ हजार १४ मत प्राप्त गरेकी थिईन ।
११ वडा रहेको गाउँपालिकामा नेकपा एमालेले वडा नं १, ३, ६, ७, ९ र ११ मा जित हासिल गरेको छ । यसैगरी नेपाली काँग्रेसले वडा नं २, ४, ५, ८ र १० मा विजयी भएको छ ।

गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेबाट तुलसीप्रसाद अधिकारी, ३ बाट फणीन्द्र प्रसाद पौडेल, ६ बाट एकदेव देवकोटा, ७ बाट भरतमान गुरूङ, ९ बाट रमेश गुरूङ र ११ हिम बहादुर गुरुङ निर्वाचित भएका थिए ।

त्यस्तै पालिकामा नेपाली काँग्रेसबाट वडा नं २ मा पिताम्बर भण्डारी, ४ मा आईन्दल गुरूङ, ५ बाट जिवनाथ पौडेल, ८ बाट बिजय गुरूङ र १० बाट गौतम गुरूङ विजयी भएका थिए ।

यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेस सहित ६ वडा र नेकपा एमालेबाट उपाध्यक्ष सहित ५ वडा जितेको थियो ।








सम्बन्धित खवर
















