
पोखरा भ्यूज
पोखरा । कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
नवर्विाचित अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुव्वा गुरुङ लगायतलाई एक कार्यक्रमका बीच निर्वाचन अधिकृत रुद्र सुवेदीले प्रमाणपत्र प्रदान गरेका छन ।
नवनिर्वाचित अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुव्वा गुरुङ नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका थिए । दुबै जना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिएका हुन । अध्यक्षमा ओझाले पाँच हजार ७४९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार गिमाया गुरुङले चार हजार १३७ मत ल्याएकी थिईन ।
त्यस्तै, उपाध्यक्षमा लालसुब्बा गुरुङले पाँच हजार ४४५ मत ल्याएर निर्वाचित भईन भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उपाध्यक्ष पदका उम्मेदवार नारायण श्रेष्ठले चार हजार १५३ मत ल्याए ।
रुपा गाउँपालिकाको सात वटा वडामध्ये पाँच वटा वडा एमालेले जितेको छ भने दुई वटामा नेपाली काँग्रेसले जितेको छ । रुपा गाउँपालिकामा १४ हजार ६ सय ७५ मतदाता रहेकामा १० हजार ३४४ मत खसेको थियो ।







सम्बन्धित खवर
















