12Shares

पोखरा भ्यूज

पोखरा । कास्कीका स्थानीय तह आगामी वर्षका लागि योजना छनोटमा जुटेका छन् असारमा गाउँसभामार्फत बजेट ल्याउन स्थानीय तह बस्तीस्तरका गाउँ वडामा टोल भेला गरी नागरिकसँग सुझाव लिने कार्य सुरु गरेका हुन्

अन्नपूर्ण गाउँपालिका कास्कीले सामाजिक सञ्जाल, टेलिफोन इमेल मार्फत सुझाव दिन योजना माग गर्न नागरिक तथा सरोकारवाला सङ्घसंस्थालाई अपिल समेत गरेका छन्

वडा कार्यालयको मिति २०७९ जेठ २३ गते बसेको वडा समितिको बैठकले आव २०७९/८० का लागि योजना छनोट गर्न टोल भेला गर्ने निर्णय गरेको हो विभिन्न वटा टोल रहेको वडामा मिति, स्थान समय समेत तोकी सरोकारवालालाई उपस्थित हुन अनुरोध समेत गरेको

गाउँपालिकाले यही जेठ ३१ गतेसम्म वडालाई योजना छनोट गरेर गाउँपालिकामा पेश गर्न निर्देशन दिएको । वडाले टोल, वडा भेला गरेर योजना बनाउनका लागि सरोकारवालालाई बोलाएर योजना छनोट गर्ने तयारीमा जुटेको अन्नपूर्ण का वडाध्यक्ष तुलसीप्रसाद अधिकारीले बताए विगतका वर्षमा प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, समाजका अगुवाले दिएका सुझावलाई आत्मसाथ गरेर योजना छनोट गर्नेछौँ”, वडाध्यक्ष अधिकारीले भने, “वडाबाट योजना छनोट भएर गएपछि गाउँपालिकाका शाखा, उपशाखामा समेत छलफल गरी कार्यपालिका हुँदै सभामा बजेट लैजाने तयारी भएको

योजना छनोटको सूचना अनुसार टोल भेलाका लागि जेठ २५ गते भारतीडाँडा स्थित परशु विमा बिहान ८ बजे नागडाँडाको महेन्द्र विमा दिनको बजे भेला बोलाईएको त्यस्तै, २६ गते भिरमुनि स्थित लक्षित आमा समूहको भवनमा बिहान बजे फल्लापानीको भुमे देउराली आमा समूहको भवनमा बजेलाई टोल भेला बोलाईएको

यसै गरी, २७ गते फेदी स्थित खेल मैदानमा बिहान .३० बजे, लेवाड़े स्थित साविक बिधाज्योती प्रा वि मा बिहान बजे सिम्पाली स्थित खोप केन्द्रमा दिनको बजेलाई टोल भेला बोलाईएको वडाध्यक्ष तुलसी प्रसाद अधिकारीले बताए

स्थानीय सरकारले नीति तथा कार्यक्रम बजेट ल्याउने समयावधि करिव १५ दिनमात्र बाँकी कानूनी रूपमा आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानानुसार स्थानीय तह योजना छनोटमा जुटेका हुन्

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected