पोखरा भ्यूज । पोखरामहानगरपालिकाकामेयरधनराजआचार्यलेआर्थिकवर्ष२०७९/०८०कालागिनीतितथाकार्यक्रम सार्वजनिकगरेकाछन्।आचार्यलेपोखराकोभौतिकपूर्वाधारनिर्माणकालागिलगानीसम्मेलनमागर्ने गरी नितितथाकार्यक्रमप्रस्तुतगरेकाछन।
आचार्यलेपोखराकोपर्यटनलाइकेन्द्रमाराखेरमहानगरकासमस्यासम्बोधनरसमाधानखोज्नेगरीनिति तथा कार्यक्रमप्रस्तुतगरेकाछन्।
मेयरआचार्यलेआगामीवर्षमाछाडाचौपायानियन्त्रणगरिसडकलाईपूर्णरुपमाछाडाचौपाया मुक्तबनाइने, सार्वजनिकपार्किङस्थलकोव्यवस्थापन, ट्राफिकव्यवस्थापन, ल्याण्डफिल्ड, पोखरासिटी , क्षेत्रीय तथा टुरिस्टबसपार्कलाईव्यवस्थितबनाउनेबताए।कृषिक्षेत्रमाभएकासमस्यालाईसमाधानगरिकृषकलाई प्राविधिककृषिमाप्रोत्साहन, पोखरामाउत्पादनहुनेवस्तुलाईब्रान्डिङगरिपोखरेलीब्रान्डकोस्थापना, बेरोजगारीकोतथ्यांकसंकलनगरिरोजगारीकोव्यवस्थापन, वैदेशिकरोजगारीमाजानेलाईतालिमको व्यस्थापन, ३३वटैवडामाएकउद्योग, एकसहकारीकोव्यवस्थापन, खेलक्षेत्रकोविकास, उत्कृष्टखेलाडीलाई सम्मान, गुणस्तरीयरविशेषताकृतअस्पतालकोनिर्माण, कास्कीमारहेकातालहरुसौन्दर्यकरण, लेकटु लेक कनेक्टिभीटीकोसम्भाव्यताअध्ययन, सार्वजनिकजग्गाकोमापदण्डतयगरिनेमेयरआचार्यलेनिति तथा कार्यक्रमसार्वजनिककाक्रममाबताए।
पोखरा महानगरपालिका आ. व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रमको पूर्ण पाठ
आदरणीय नगर सभासदज्यूहरु,
1. पर्यटकीय शहर पोखरा महानगरपालिकाकोनवनिर्वाचित नगरप्रमुखको रुपमा महानगरको एघारौं नगरसभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हर्षानुभूति गरेको छु ।
2. संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पश्चात समयमा नै निर्वाचन सम्पन्न भएको र दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न भई हामी जनप्रतिनिधिले पदबहाली गरिसकेका छौं । यसले लोकतन्त्रको जग मजबुत भएको र जनप्रतिनिधिबाट जनअपेक्षा पूरा गर्ने अवसर प्राप्त भएको छ । लोकतन्त्रको सुन्दर पक्षका रुपमा रहेको आवधिक निर्वाचनलाई समयमा नै सम्पन्न गर्ने कार्यका लागि नेपाल सरकार र निर्वाचन आयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामीलाई जनअभिमतबाट सेवा प्रदान गर्ने अभूतपूर्व अवसर प्रदान गर्ने सम्पुर्ण मतदाताहरुलाई विशेष नमन गर्दछु । पोखरेली नागरिकले सुम्पनु भएको ऐतिहासिक अवसरलाई कुनै पनि बाहनामा खेर नफाल्नेप्रतिवद्धता सहित यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।
3. संघीयतापछिको पहिलो स्थानीय तह निर्वाचित जनप्रतिनिधिले गरेको कार्यबाट केही आशा र अवसर सिर्जना भएका छन् । यद्यपि हामी लक्ष्यबाट धेरै टाढा छौं । निर्वाचित जनप्रनिधिले समग्रमा प्रतिनिधित्व गर्न सक्छन् । यद्यपि सुन्दर, समुन्नत र व्यवस्थित पोखरा निर्माण सबै पक्षको सहभागिताबाट मात्र सम्भव छ । हामी निर्वाचित प्रतिनिधि सबै पोखरेली नागरिकका साझा प्रतिनिधि हौं । यसर्थ दलगत स्वार्थबाट माथि उठी समुन्नतिका लागि साझा धारणा बनाई अगाडि बढ्नु आजको आवश्यकता हो ।
4. देशको सबैभन्दा ठूलो महानगरपालिका पोखरा विविधतापूर्ण छ । ग्रामीण पहाडी क्षेत्र, अर्ध शहरी क्षेत्र र शहरी क्षेत्र सहिततीनथरीको भौगोलिक अवस्थिति छ । आर्थिक तथा मानवीय विकासका परिसूचकहरु समेत विषम छन् । यसर्थ आगामी दिनमा हाम्रा प्राथमिकता र नीति कार्यक्रम यिनै सूचकलाई उच्च विन्दूमा पुर्याउन केन्द्रित गरी स्रोत र साधनको बाँडफाँड गर्नुपर्ने देखिन्छ ।
5. सरकारको उपस्थिति नागरिकलाई प्रवाह गर्ने सेवाबाट अनुभूत हुन्छ । सुशासन र विकास प्रक्रियामा स्थानीय सरकारप्रति नागरिकले विश्वास गर्ने आधारशीला तयार गर्नु पर्ने भएको छ । मुल समस्याको जरो पहिल्याई तदनुरुप नीति कार्यक्रम तय गर्दै जनमुखी सेवा प्रदान गर्ने र विकासलाई द्रुत रुपमा अगाडि बढाउन आगामी पाँच वर्ष लागी पर्ने विश्वास दिलाउन चाहन्छु ।
6. बर्तमान अवस्थाको समीक्षा गरिरहँदा पोखरा महानगरपालिकाको सर्वेक्षण अनुसार ग्रस म्युनिसिपल प्रोडक्ट (GMP) १ खर्व १० अर्व ५४ करोड रहने अनुमान छ । जस अनुसार प्रतिव्यक्ति औसत आय १६०५ अमेरिकन डलर रहेको छ । GMP मा व्यावसायिक क्षेत्रको योगदान ५७ प्रतिशत कृषि तथा पशुपालन क्षेत्रको ११ प्रतिशत र १४ प्रतिशत बाँकी अन्य क्षेत्रको योगदान रहेको छ । हाल २८२१५ वटा व्यावसायिक एकाइ मार्फत १,०४,४६९ रोजगारी प्रदान गरिएको छ ।
7. वित्तीय पहुँचका आधारमा पोखरामाविभिन्न बैङ्कका ३२१ शाखा, ७शाखा रहित सेवा केन्द्र र २६४ एटिएम वुथ एवं ३४१ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् ।
8. सामाजिक विकास सूचक अनुसार आर्थिक गतिविधिमा महिलाको प्रतिनिधित्व २६% मात्र रहेको छ । १८ वर्ष भन्दा कम उमेरमा विवाह गर्ने महिलाको संख्या ३१.७% रहेको देखिन्छ ।
9. पोखरामा वार्षिक शहरीकरण वृद्धिदर ५% रहेको छ । कुल १,५३५ कि. मि. सडक सञ्जालमा रहेकोमा ४१% कालोपत्रे र ७ प्रतिशत कंक्रिट सडक रहेको छ ।
10. महानगरपालिकाको कुल क्षेत्रफलमा ४२% वन क्षेत्रले ढाकेको छ । सामुदायिक वन समुहहरु ३७६ समेत कुल ४५० वन समुह रहेका छन् ।
11. फेवाताल लगायत १० वटै ताल संरक्षण र सौन्दर्यकरणका लागि संभाव्यता अध्ययन प्रतिवेदन तयार भएको छ ।
12. संस्थागत विकासका लागि नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कार्यान्वयनमा ल्याइएको छ । संस्थागत क्षमता कार्ययोजना तर्जुमा भएको छ । यसका अतिरिक्त कार्यसम्पादन सहजताका लागि घरनक्सा इजाजत, पञ्जिकरण, राजश्व जस्ता सेवाका लागिसफ्टवेयर प्रणाली जडान गरिएको छ ।
13. नेपालको संविधान, दिगो विकास लक्ष्य, पन्ध्रौं आवधिक योजना, नेपालले अन्तरराष्ट्रिय स्तरमा गरेका प्रतिवद्दता, गण्डकी प्रदेश सरकारको आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेट, पोखरा महानगरपालिकाको दीर्घकालिन सोच, प्रथमत्रिवर्षीययोजना तथा विगत आ.व. मा आरम्भ गरिएका विकासका कार्यलाई निरन्तरता दिई व्यवस्थित विकास कार्य अगाडि बढाउने नीति लिइनेछ ।
14. “समुन्नत पर्यटकीय पोखरा“को विकासको प्रस्थान विन्दुको रुपमा आगामी वर्षको नीति तथा कार्यक्रमका मार्गनिर्देशक सिद्दान्त देहाय बमोजिम हुनेछन् ।
1) दीगो ,पर्यावरणमैत्री, योजनाबद्धर हरित शहरी विकास
2) उत्थानशील पर्यटकीय पूर्वाधार विकास निर्माण
3) सामाजिक न्यायपूर्ण, समावेशी तथा समतामुलक समाजको निर्माण
4) गुणस्तरीय र प्रतिस्पर्धी मानवस्रोत विकास
5) विभिन्न तहका सरकार र निजी क्षेत्रसँगको समन्वय,साझेदारी र सहकार्य
6) सुशासन, सदाचार र पारदर्शी सेवा प्रवाह
7) प्रविधिमैत्री, सूचनातथा ज्ञानमा आधारित व्यवस्थापन
अव म पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरेका क्षेत्रगत नीतिहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
कृषि तथा सिचाईं
15. “कृषि उत्पादनमा वृद्धिः महानगरको समृद्धि”अवधारणा अनुसार कृषिक्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गरिनेछ ।
16. समग्र पोखराको आयात परिमाणको अध्ययन गरी ५ वर्ष भित्र कम्तिमा दुध, फलफूल, तरकारी, माछा मासुको आयात प्रतिस्थापनमा जोड दिइनेछ ।
17. नेपाल सरकार, प्रदेश सरकार र निजी क्षेत्र समेतको सहकार्यमा कृषि पूर्वाधार जस्तैः कष्टम हायरिङ केन्द्र, चिस्यान केन्द्र, प्रशोधन केन्द्रतथा प्राङ्गारिक मल उत्पादन कारखानाको विकास र व्यवस्थापन कार्य अघि बढाइनेछ।
18. अध्ययन, अनुसन्धान र प्रमाणका आधारमा रैथाने कृषि उपजको संरक्षण, सम्वर्धन र व्यावसायीकरण गरिनेछ।सामुहिक र सहकारी खेती प्रणालीको प्रवर्द्धन र प्रोत्साहन गर्न भण्डारण स्थल एवं कोल्डस्टोर निर्माण कार्य क्रमश: शुरु गरिनेछ ।
19. सिचाईं सुविधा नपुगेका ग्रामीण र पहाडी क्षेत्रमा प्रविधिमा आधारित लिफ्ट सिचाईं प्रणाली प्रवर्धन गरिनेछ। समथर भुभागमा रहेका सिचाईं प्रणालीको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाउन जमीनको दीगो उपयोग गरिनेछ।
20. महानगरपालिका क्षेत्रकासम्पूर्णप्राकृतिक पानीको स्रोत, मुल तथा मुहानको एकीकृत प्रोफाइल तयार गरिनेछ। पानी र सिचाईंका स्रोतको संरक्षण, सदुपयोग र दीगो व्यवस्थापनगरी महानगरबासीलाई स्वच्छ पानीको सुनिश्चितता गरिनेछ ।
21. कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्मः गोठ देखि ओठसम्म अभियान सञ्चालन गरिनेछ ।कृषि उपज संकलन केन्द्र र कृषि बजार मार्फत स्थानीय कृषि उपज बिक्री बितरण सुनिश्चित गरिनेछ । कृषि उपजको उचित मूल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गरिनेछ ।
22. कृषि उपज संकलनका लागि कृषि एम्बुलेन्स व्यवस्था गरी नियमित संकलनको व्यवस्था मिलाइनेछ । मुख्यमुख्य कृषि उपजको न्युनतम समर्थन मूल्य ग्यारेन्टी गरी कृषि उत्पादनमा लगानी गर्ने वातावरण सिर्जना गरिनेछ ।
23. प्राकृतिक तथा अन्य कारणले बालीमा पुग्न सक्ने क्षतिन्यूनीकरण गर्न मौसम पूर्वानुमान सूचना प्रणालीको व्यवस्था मिलाउनुका साथै कृषि बीमामा जोड दिइनेछ । यसका अतिरिक्त जलवायु अनुकूलन खेती प्रविधिको प्रयोग तथा बालीमा हुने महामारीकोपहिचान र नियन्त्रणमा सहयोग गरिनेछ।
24. एक वडाः एक पशुपन्छी तथा बाली उत्पादन पकेट कार्यक्रम सञ्चालन गरी कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई विशिष्टीकरण गर्न अध्ययन गरी कार्यान्वयन गरिनेछ ।
25. उच्च मूल्यबाली प्रवर्द्धन विकास र विस्तार गरिनेछ । भूमि बैंक स्थापना गरी खेती गर्ने व्यक्ति वा संस्थालाई जग्गा सुनिश्चित गरिनेछ ।
26. कृषियोग्य जमिनको उत्पादकत्व बृद्धि गर्न सिंचाई क्षेत्रको विस्तार,उत्पादन वृद्धिको आधार तयार गरी वर्षै भरीसिचाई सुविधा विस्तार गरिनेछ ।
27. प्रभावकारी कृषि प्रसार, सूचना प्रविधि र संचारका लागि प्रत्येक वडामा कृषि तथा पशु सेवा प्राविधिकको व्यवस्था मिलाइनेछ । कृषक बढाउ नीति लिई सीप, तालिम, क्षमता र बीउ पूँजीस्मको व्यवस्था गरिनेछ ।
28. गुणस्तरीय फलफूलका तथा तरकारी विरुवा उत्पादनका लागि सामुदायिक नर्सरी स्थापनामा गर्ने तथा मुख्य खाद्यान्न बाली, लोपोन्मुख रैथाने बाली, तरकारी, आलु तथा घाँसको वीउ उत्पादन बृद्धि गर्ने नीति लिइनेछ।साथै गुणस्तरीय तथा मूल्यावान फलफूलको विरुवा नि:शुल्क वितरणका माध्यमवाट नागरिकको स्वास्थ्य तथा जीवनस्तरमा विशेष सहयोग पुर्याइने छ ।
29. माटो नै जीवन हो भन्ने तथ्यलाई मध्येनजर गरी स्वस्थमाटो कार्यक्रम सञ्चालन गरिनेछ ।गोठ सुधार, खोर सुधार र भकारो सुधारद्वारा गरिने मलको उत्पादनर जैविक विषादीमा अनुदान उपलव्ध गराउने व्यवस्था मिलाइनेछ ।
30. प्रांगारिक उत्पादन मापदण्ड निर्माण गर्दै प्रमाणीकरण गरिनेछ । यस्ता वस्तुहरुको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा अनुदान दिने नीति लिइनेछ ।
पशुपन्छी
31. “पशु उत्पादनमा वृद्धिः आर्थिक उपार्जन सहितको समृद्धि” हाँसिल गर्न पशुपन्छीपालन व्यवसाय प्रवर्द्धन र सम्वर्द्धनका लागि पशु नश्ल सुधार, आहार व्यवस्थापन,उत्पादनका आधारमा अनुदान, पशु स्वास्थ्य र पशु हाटबजार संचालन गरिनेछ ।
32. पशुपन्छीपालन तथा पशुजन्य उत्पादनका लागि निजी क्षेत्रसँगको साझेदारी र सहकार्यमा पशु वधशाला, स्वच्छ मासुपसल लगायतका व्यवस्थित पूर्वाधार निर्माण कार्य अगाडि बढाई गुणस्तरीयता र उद्यमशीलता विकास गरिनेछ।
33. “कृषकहरुको पहुँच र पहिचानः व्यावसायिक कृषकहरुको संरक्षण र सम्मान“केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ ।कृषक वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराइनेछ र सोका आधारमा न्यूनतम अनुदान ग्यारेन्टी गरिनेछ ।
34. छाडा पशु नियन्त्रणका लागि मापदण्ड तयार गरी व्यवस्थापन गरिनेछ । छाडा कुकुर नियन्त्रणका लागि घर पालुवा कुकुर दर्ता र भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरिनेछ ।
35. प्रत्येक वडामा कृषि एवं पशु प्राविधिक सेवा सुनिश्चित गरी आधारभुत कृषि र पशुस्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृध्दि गरिनेछ । बाँझो जग्गामा फलफूल तथा पुष्प खेती प्रवर्द्धन गरिनेछ ।
रोजगार प्रवर्द्धन
36. रोजगारका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण,नवप्रवर्तन र अनलाइन रोजगार बजार, स्वरोजगार,उद्यमशीलता बढाउन मानव संशाधन विकास केन्द्रका रुपमा रोजगार बैंक स्थापनागरिनेछ।
37. हरेक आर्थिक वर्षकोपहिलो ६ महिनामा ३,००० रोजगारी थप गर्ने योजनाका साथ प्लस टू तहको अध्ययन सकेका यस क्षेत्रका युवालाई भाषा होटल म्यानेजमेन्ट मोबाइल मर्मत कृषि स्रोत व्यक्ति,जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ,ईलेक्ट्रिसियन, भेटेनरी, ईम्व्रोइडरी, ह्यान्डलुम,ग्राफिक्स डिजायन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदि जस्ता सीपसंगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिनेछ ।
38. दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्नमहानगर विशेष स्वरोजगार कार्यक्रम संचालन गरिनेछ।
39. पोखरा महानगरपालिकामा रोजगार सूचना केन्द्रको स्थापना गरी स्थानीय, राष्ट्रिय, वैदेशिक तथानिजी क्षेत्रसँग सञ्जालीकरण गरी मागसँग आवद्ध गरिनेछ।
40. न्युनतम रोजगारीको प्रत्याभूति गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका साथैमहानगरपालिकाकोविकास निर्माण कार्यलाई समेत स्थानीय रोजगारी सिर्जनासँग आवद्ध गरिनेछ।
41. वेरोजगारीहरुको सीप र क्षमतालाई आधार लिईतथ्याङ्क संकलन तथा अभिलेख व्यवस्थापनगरीश्रम बजारको आवश्यकता अनुसार व्यावसायिक तथा सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिनेछ।
42. महानगरबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको पूर्व अभिलेख राखी आवश्यक तालिमको व्यवस्था गरीवैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइनेछ।
43. महानगरभित्र दक्ष, अर्धदक्ष लगायत सवै प्रकारका श्रमिकहरुको तथ्यांकीय आधार तयार गर्न अध्ययन गरिनेछ ।
उद्योग तथा सहकारी
44. सहकारी संस्थाहरुलाई व्यावसायिक कृषि पर्यटन उत्पादन क्षेत्रमा आफ्नो पूँजी तथा लगानी परिचालन गर्न सहजीकरण गरिनेछ । महानगर, सहकारी र समुदायको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग व्यवसायमा लगानी विस्तार गर्ने नीति लिइनेछ । सहकारीको अनुगमन र नियमनलाई सूचना व्यवस्थापन प्रणालीमा आधारित बनाइनेछ ।
45. व्यावसायिक उत्पादन, उद्यमशीलता विकास र परियोजना विकासका क्षेत्रमा सहकारी संघसंस्थाको लगानी केन्द्रित गरिनेछ ।
46. ३३ वटै वडामा कम्तिमा एक सहकारी एक व्यावसायिक उत्पादन मार्फत रोजगारी सिर्जना गरिनेछ । सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गरी उद्यम तथा योजनामा गरिने लगानीका लागि विकास साझेदारको रुपमा सहकार्य गरिनेछ ।
47. सहकारी मार्फत उत्पादित वस्तुको प्रशोधन, भण्डारण,बजारीकरण र विविधिकरण कार्यक्रम सञ्चालन गरिनेछ।
48. महानगरभित्र रहेका सम्पूर्ण साना एवं ठूला उद्योगहरुको लगत तयार पारी औद्योगिक प्रोफाइल तयार गरिनेछ। प्रदेश सरकारको अग्रसरतामा निर्माण हुन लागेको औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिमा आवश्यक सहजीकरण गरिनेछ ।
49. उद्यमशीलताको प्रोत्साहन स्वरुप उद्यमी पुरस्कारको व्यवस्था गरिनेछ ।
50. उद्यमशीलताको क्षेत्रमा कार्य गर्नका लागि यूवा उद्यमशीलता कार्यक्रम तय गरी आवश्यक वीउ पूँजीको व्यवस्थापन र प्रोजेक्ट संचालनमा सहजीकरण गरिनेछ ।
51. युवा तथा साना व्यवसायी प्रवर्द्धन गर्न स्वरोजगार कोषसँगको सहकार्यमा स्वरोजगार सिजना गर्न अभियान चलाइनेछ ।
52. पोखरेली चामल जेठोबुढो धान लगायत हाम्रा आफ्ना उत्पादनहरुलाई ब्राण्डिङ गर्दै पोख्रेली व्राण्ड स्थापना गर्ने र बजार प्रवर्द्धनमा विशेष योजना बनाएर लागु गरिनेछ ।
53. नयाँ आयोजना संभाव्यता अध्ययन गरी पोखरा महानगर प्रोजेक्ट बैङ्कको व्यवस्था गरिनेछ ।
54. महानगरमा उद्योग व्यवसाय सहायता र सहजीकरण डेक्सको व्यवस्था गरिने छ ।
55. आगामी आ. व. मा प्रथम पोखरा लगानी सम्मेलनको आयोजना गरिनेछ ।
56. “स्थानीय औद्योगिक उत्पादनमा बृद्धिः रोजगारी सिर्जना र समृद्धि” लाई साकार गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विकास, विस्तार र आधुनिकीकरण गरिनेछ ।
57. महानगरपालिकाका लागि आवश्यक सामग्री खरिद गर्दा स्थानीय स्तरमा उत्पाद वस्तुलाई प्राथमिकता दिइनेछ ।
58. खाद्य वस्तुको गुणस्तर मापदण्ड तर्जुमा गर्दै स्वस्थ वस्तु उपयोग सुनिश्चितताका लागि सम्वन्धित निकायको समन्वय र सहकार्यमा बजार अनुगमन सघन गर्दैलगिनेछ ।
पर्यटन विकास
59. “पर्यटकीय गतिविधिमा वृद्धि ,पोखरा शहरको समृद्धि” भन्ने अवधारणालाई साकार पार्न पोखराका पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाहरुको संरक्षण, मुख्य शहर र तालतलैयाहरुको सौन्दर्यकरण, सरसफाइ, शहरी सुरक्षा र आतिथ्यता जस्ता क्षेत्रमा नेपाल सरकार तथा प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रित गर्ने नीति लिइनेछ ।
60. पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकार समक्ष अनुरोध गरी पठाई सकिएको छ । पर्यटकको बसाइलाई अरु लामो बनाउने उद्देश्यले पोखराको विभिन्न पर्यटकीय गतिविधिको विकासद्वारा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने नीति लिइनेछ ।
61. संघ सरकारले अगाडी बढाएको अन्तराष्ट्रिय सम्मेलन केन्द्र स्थापनाको कार्यक्रमलाई छिटो संचालनमा ल्याउन थप पहलकदमी लिइनेछ भने पोखरा सभागृहको स्तरोन्नती गरिनेछ ।
62. नयाँ अन्तराष्ट्रिय विमानस्थल संचालन आएपछिप्याराग्लाइडिङकोसंचालन गर्न विशेष पहल गरिनेछ।
63. होमस्टेलाई मौलिक नामाकरण गरी स्थानीय उत्पादनः स्थानीय आतिथ्यताको रुपमा विकसित गरिनेछ । नया नया स्थानीय अतिथि गृहको संचालनको आवश्यकसंभाव्यता अध्ययन गरी विद्यमान अतिथि गृहको क्षमता अभिवृद्धिमा थप सहयोग पुर्याइनेछ ।
64. विभिन्न भाषा, संस्कृतिको संरक्षण र संवर्द्धन गरी पर्यटन व्यवसायसँग आवद्ध गरिनेछ । पर्यटन क्षेत्रको यातायातलाई व्यवस्थित गर्दै पर्यटन बसपार्कलाई समुचित व्यवस्थापन गरिनेछ ।
65. MICE टुरिजम (मिटिङ, इनिसियटिभ, कन्फ्रेन्सर एक्जिव्युसन) लाई प्रवर्द्धन गर्दै समग्र पोखराको पर्यटन विकासमा विशेष अभियान चलाइनेछ ।
66. बैदाम (लेकसाइड) का अलावा वेगनास ताल तथा अन्य पर्यटकीय गन्तव्यहरुको सौन्दर्यीकरण तथा प्रचार प्रसारमा जोड दिइनेछ । पर्यटनका थप गन्तव्य जस्तै केभ टु केभ, लेक टु लेक, कोटदेखि कोटसम्म नयाँ सर्किट सडकको सम्भाव्यता अध्ययन गरिनेछ । पोखरालाई धार्मिक पर्यटनको क्षेत्रमा समेत विश्वमा परिचित गराउन लुम्बिनी पोखरा बुद्ध सर्किट निर्माण गर्न आवश्यक पहल गरिनेछ ।
67. प्रदेश सरकारसंगगको समन्वयमा बैदाम स्थित हिमा गृह र रत्न मन्दिर व्यावसायिक तवरले खुला गर्ने र पर्यटक प्रवर्द्धनमा सहयोग पुर्याउन पहल गरिनेछ ।उहिलेको पोखराको स्मरण हुने गरी एक साँस्कृतिक ग्राम निर्माण गर्न अध्ययन शुरु गरिनेछ ।
68. पोखरालाई विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यको रुपमा लिइएको छ । यहाँको आधारभूत विद्यायलय तहबाट नै अतित्थ्यता, कृषि, व्यावसायिक शिक्षा, संस्कृति जस्ता थप र विशिष्ट स्थानीय विषयहरुको पाठ्यक्रम तयार गरी अनिवार्य गर्दै लगिनेछ ।
69. पोखराको प्रमुख आकर्षण यहाँका पर्यटकीय स्थल हुन् । पर्यापर्यटन, वातावरण र विकासलाई अन्योन्याश्रित रुपमा अंगीकार गरी यस सम्बन्धी ऐन, नीति तथा कार्यविधि तर्जुमा गरिनेछ । यसका लागि महानगर पर्यटन समितिलाई अधिकार सम्पन्न बनाई पर्यटनप्रबर्द्धन गरिनेछ ।
70. पर्यटकको बसाइ अवधि लम्बाउनेतथा सेवा, सुविधा र सुरक्षाको प्रत्याभूति गर्दै पोखरालाई पर्यटकीय हवका रुपमा विकास गर्न निजी क्षेत्रसँग साझेदारी गरिनेछ ।
71. पोखरालाई संसारभर चिनाउन र पोख्रेली पर्यटन उद्योगको प्रवर्द्धन गर्न एक ल्याण्डमार्क (Symbol Of Pokhara) को निर्माण गरिनेछ ।
शिक्षा
72. महानगरसहित कास्की जिल्ला नै पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएको सन्दर्भमा महानगर भित्र शिक्षाको अधिकारबाट बालबालिका तथा लक्षित वर्गका गरिब महिला, दलित, अल्पसंख्यक कोही पनिबञ्चित हुन नपरोस् भन्ने हेतुले गुणस्तरीय र नि:शुल्क सार्वजनिक शिक्षाको व्यवस्थापन गरिनेछ ।
73. सामुदायिक विद्यालयको विद्यालय प्रशासनलाई चुस्त एवं नतीजामुखी बनाई सञ्चालन गर्न सामयिक रुपमा प्रतिस्पर्धी र योग्य प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडी बढाइनेछ ।
74. कोचिङ तथा ट्युसन कक्षा, भाषा कक्षा,प्राज्ञिक तालिम केन्द्र,मन्टेश्वरी कक्षा संचालनलाई मापदण्ड तयार गरी नक्शांकन समेतका आधारमा दर्ता एवं नियमन गरिनेछ ।सबैका लागि शिक्षामा पहुँच अभिवृद्धिका लागि बाल विकास केन्द्रहरुको आधुनिकीकरण गरिनेछ । महानगर शिक्षा परिषदको अग्रसरतामा तयार गरिएको शिक्षा प्रतिवेदनलाई क्रमश: लागु गरिनेछ ।
75. महानगरका केही विद्यालयहरुमा नेपाल सरकारले शुरु गरेको “पढ्दै कमाउदै“ कार्यक्रम लागु गराइनेछ ।
76. सबै विद्यालयमा ”आदर्श शिक्षक, अनुशासित विद्यार्थी”निर्माण गर्न आवश्यक तालिम तथाक्षमता अभिवृद्धि गर्ने नीति लिइनेछ।
77. सिकाइका लागि अनुभव र नवीनतम अवधारणामा विषयगत, पुनर्ताजगी र छोटो अवधिको तालिम प्रदान गरिनेछ । प्राविधिक शिक्षामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै लगिनेछ । प्राविधिक शिक्षाको अनुपात वृद्धि गरी रोजगारमुलक शिक्षामा जोड दिइनेछ।
78. विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न महानगर शिक्षा परिषद, वडा शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिको सबलीकरण गरिनेछ ।
79. स्थानीय बजार र प्रतिष्ठानहरुको माग बमोजिम व्यावसायिक विषयहरुको अल्पकालीन र दीर्घकालीन शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
80. विद्यालयहरुमा प्रविधिमैत्री कक्षा कोठा निर्माणमा जोड दिंदैकम्तिमा एक विद्यालयः एक प्राविधिक कक्ष निर्माण गरिनेछ ।गण्डकी बहु प्राविधिक शिक्षालय तथा सिटिइभिटीका प्राविधिक विद्यार्थीलाई व्यावसायिक प्रतिष्ठान वा फर्महरुमा इन्टर्नका रुपमा लैजाने नीति लिइनेछ ।
81. अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालयमा विशेष प्रोत्साहनसहित भर्ना गरिनेछ ।फरक क्षमता भएका विद्यार्थीको सिकाइलाई निरन्तरता दिइनेछ ।विद्यालय उमेर समुहका विद्यार्थीहरुलाई विद्यालय बाहिर नरहने वातावरण सिर्जना गरिनेछ ।
82. प्रत्येक निजी र सामुदायिक शिक्षण संस्थाबीच भगिनी सम्बन्ध स्थापित गराई सामाजिक उत्तरदायित्व बहन गर्ने वातावरण तयार गरिनेछ ।
83. पठन खोज तथा अनुसन्धान संस्कृतिको विकास गरी गुणस्तरीय शिक्षा हासिल गर्ने अवसरको सुनिश्चितता गर्न महानगर स्तरीय एक मेट्रो लाइब्रेरीको स्थापना गरिनेछ । विद्यालय तह पूरा गरेका विद्यार्थीलाई सिक्दै सिकाउँदै कार्यक्रम मार्फत विद्यार्थी स्वाआर्जन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
84. प्रत्येक माध्यामिक विद्यालयमा माध्यामिक तहको पाठ्यक्रम अन्तर्गत विद्यार्थीहरुमा प्राविधिक सीप विकास गर्ने उद्देश्यले क्षेत्रगत आवश्यकताको आधारमा कम्तीमा एक प्रयोगशाला उपयोग गर्ने विषय अनिवार्य गरिनेछ ।
85. लागु पदार्थको दुर्व्यसन नियन्त्रण गर्नका लागि निजी क्षेत्रको सहकार्यमा मनोपरामर्श तथा पुनर्स्थापना केन्द्र स्थापना सहित जनचेतना र जागरणको कार्यक्रम संचालन गरिनेछ ।
86. पठन संस्कृतिको विकास गर्नखोज तथा अनुसन्धान संस्कृतिको विकास गरी सुसंस्कृत समाज निर्माण गर्न महानगर स्तरीय १ र सबै वडाहरुमा कम्तिमा १/१ पुस्तकालयको स्थापना गरिनेछ ।
87. महानगरभित्र रहेको स्थानीय सीप तथा प्रविधिको म्यापिङ्ग गरी तिनको संरक्षण र व्यवसायीकरणको लागि सहयोग प्रदान गरिनेछ ।
88. पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पससँग दुईपक्षीय सहयोग र नवीनतम खोज अनुसन्धानमा सहयोग पुर्याइनेछ ।
89. विद्यालयमा विद्यार्थी स्वास्थ्य सेवाको सुनिश्चितता गर्न सामुदायिक स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरीविद्यालयका लागि स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ ।
90. समुदायको सहभागितामाविद्यालय हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
खेलकुद
91. “स्वास्थ्य र सार्थक जीवनशैलीका लागि खुलाव्यायामशाला”अवधारणा अन्तर्गत चालु वर्षमा केही स्थानहरुमा खुला व्यायामशाला निर्माण भएका छन् । आगामी वर्ष स्वास्थ्यका लागि व्यायाम कार्यक्रम अन्तर्गत एक टोल एक खुला क्षेत्र एक व्यायामशाला निर्माण कार्यक्रम क्रमश: कार्यान्वयन गरिनेछ ।
92. पोखरा प्राकृतिक हिसावले र वातावरणीय हिसावले पनि सन्तुलनमा रहेको शहर हुनाले यसलाई स्पोर्टस टुरिजमका रुपमा विकास गर्न आवश्यक कार्यक्रम अगाडी बढाइनेछ ।
93. क्रिकेट र गल्फ जस्ता ठूला खेलहरुको माध्यमवाट समग्र पोखराको विकासको सहयोग पुर्याउन सकिने हुँदा व्यवस्थित क्रिकेट खेलमैदान र गल्फ कोर्ष निर्माणको संभाव्यता अध्ययन गरिनेछ ।
94. महानगर खेलकुद विकास समितिलाई प्रभावकारी बनाई खेलकुद कार्यक्रमलाई वडास्तरसम्म सञ्चालन गर्दै लगिनेछ ।
95. पोखरालाई खेल शहरका रुपमा विकास गर्न निर्मित संरचनाको आधुनिकीकरण र थप पूर्वाधार निर्माण गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरिनेछ । विद्यालय खेलमैदान कार्यक्रमलाई निरन्तरता दिंदै महानगर स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ।
96. खेलकुदलाई प्राथमिकतासाथ अगाडी बढाउन र खेल जगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिको प्राप्ति सुनिश्चित गर्नआगामी वर्ष कम्तीमा चार वटा खेलका उत्कृष्ट खेलाडी छनोट गरी सम्मान गरिनेछ।
स्वास्थ्य
97. आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क,सर्वसुलभ र गुणस्तरीय बनाइनेछ । महानगरका तेत्तीस वटै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ ।
98. महानगरको एकमात्र अस्पताल,शिशुवा अस्पतालमा विशिष्टीकृत अस्पतालको रुपमा विकास गर्ने नीति लिइनेछ। आगामी ४ वर्ष भित्रमा एक सुविधा सम्पन्न मेट्रो अस्पताल निर्माण गर्न आवश्यक कदम अघि बढाइनेछ।
99. जन्मदर्तालाई सुत्केरी पोषणसँग अन्तरसम्बन्धित गरी ६ महिनासम्म न्युन आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । यसअन्तर्गत कानूनले तोकेको म्यादभित्र व्यक्तिगत घटना दर्ता गर्ने विपन्न, न्युनआय भएका र सीमान्तकृत नागरिकहरुलाई जन्मेको २ वर्षसम्म पोषणभत्ता उपलव्ध गराउने र बिबाह तथा मृत्यु दर्ता वापत प्रोत्साहन रकम उपलब्ध गराइनेछ ।
100. महामारी रोकथाम पूर्व तयारी योजना निर्माण गरी स्रोत साधन सहितको प्रतिकार्य समुह निर्माण गरिनेछ ।
101. स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई योजनाबद्ध र पारदर्शी बनाइनेछ । यसवाट स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधीको कमी हुन नदिने व्यवस्था मिलाइनेछ ।
102. ज्येष्ठ नागरिक स्वास्थ्य सेवा संचालन गरी नि:शुल्क स्वास्थ्य परीक्षण, उपचार परामर्श, नर्सिङ सेवा,डाक्टर ईन कल जस्ता सुविधा समावेश गरिनेछ । साथै स्वास्थ्य सेवा व्यवस्थापन समिति मार्फत प्रत्येक वडामा ज्येष्ठ नागरिक स्याहार केन्द्र कार्यक्रम सञ्चालन गरिनेछ।
103. पोखरा आसपासका क्षेत्रमा रहेका औषधीजन्य जडीवुटी,वनस्पति र वनस्रोतको संरक्षण सम्वर्द्धन र उपयोगितालाई बढाउन महानगरको पहलमा जडीवुटी प्रशोधन केन्द्र स्थापना गरिनेछ ।
104. उपचार र निदान भन्दा रोग लाग्न नदिनु बेश भन्ने अवधारणालाई आत्मसात गर्दै आयुर्वेदको प्राज्ञिक र उपचार केन्द्रका रुपमाकश्यप ॠषिको तपोभुमिको रुपमा रहेको कास्कीकोटमा महानगरीय आरोग्य धाम स्थापना गर्न अध्ययन गरिनेछ ।
105. महानगरीय स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्य क्षेत्रलाई निकटतम वडाहरुको पायक पर्ने केन्द्रमा रहने गरी स्तरवृद्धि गर्दै विशेषज्ञ सेवा उपलव्ध गराउने नीति लिइनेछ । सबै स्वास्थ्य संस्था समितिहरुको क्षमता अभिवृद्धि गरिनेछ ।
106. विपन्न नागरिकहरुलाई महानगरपालिकावाट स्वास्थ्य विमा गर्ने व्यवस्था मिलाइनेछ । अशक्त/ दिर्घरोगी रसुत्केरी महिलालाई घरमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ ।
107. ४० वर्ष माथिको उमेर समुहका सबै नागरिकहरुको आधारभुत निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ । महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर स्क्रिनिङ लगायतका परीक्षण तोकिएका स्वास्थ्य संस्थाहरुवाट निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाइनेछ ।
108. सबै स्वास्थ्य संस्थावाट सेवा लिने सेवाग्राहीको डिजिटल अभिलेख राखिनेछ । स्वास्थ्य संस्थामा हुने मृत्युको डेथ अडिटको व्यवस्था मिलाइनेछ ।
109. महानगरभित्र सबै स्वास्थ्य संस्थाको भवन क्रमशः निर्माण सम्पन्न गरिनेछ ।स्वास्थ्य भवन निर्माणमानेपाल सरकारवाट तोकिएको मापदण्ड कडाइका साथ लागू गरिनेछ ।
110. स्वास्थ्यका लागि जीवनशैली परिवर्तन तथा नागरिक आरोग्यताका लागि नागरिक आरोग्य केन्द्र स्थापना र संचालन गरिनेछ । स्वास्थ्यको राम्रो शुरुवात घरको भान्साबाट हुन्छ भन्न चेतनामुलक कार्यक्रम जनस्तरमा सञ्चालन गर्ने नीति लिइनेछ ।
111. विभिन्न स्थानमा गैरसरकारी संघसस्थासँग समन्वय गरी बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने, स्वास्थ्य जनचेतना फैलाउने अभियान चलाउने कार्यक्रम गर्न अभिप्रेरित गरिनेछ ।
112. पोखरा महानगरपालिकाका ग्रामीण र पछाडि जोडिएका पहाडी वडाहरुमा सम्बन्धित वडाले सञ्चालन गर्ने गरी एम्वुलेन्सको व्यवस्था गरिनेछ ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण
113. महानगरभित्र लैंगिक समानता, समाजिक समावेशीकरण र समतामूलक समाज निर्माणका लागि योजना बनाई कार्यारम्भ गरिनेछ ।
114. महिला क्षमता विकास गरि आर्थिक स्थितिमा सुधार गर्न विगत आर्थिक वर्ष देखिसंचालित उप प्रमुख संग महिला कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
115. महिला हिंसा विरुद्धका कार्यक्रमहरुमा पुरुषहरुको ऐक्यवद्धता कायम गरी महिला हिंसा न्यूनीकरण गर्न महिला हिंसा विरुद्ध महिला पुरुष समसचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
116. आपतकालिन अवस्थाका महिलाहरुको तत्कालै उद्धार गर्ने व्यवस्था मिलाई त्यसका लागि राहत, उद्धार र पुनर्स्थापन कार्यक्रम संचालन गरिनेछ ।
117. महानगरका विभिन्न सामाजिक विधामा क्रियाशील महिलाहरुको नेतृत्व तथा क्षमता विकास कार्यक्रम३३ वटै वडामा संचालन गरिनेछ । महिला सहकारी संस्थाको व्यवसायिक सीप तथा क्षमता विकास रवित्तीय अनुशासन सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
118. महानगरका सबै वडाहरुलाई बालमैत्री बनाउँदै लगिनेछ । मापदण्ड पुगेका वडाहरुलाई बालमैत्र वडा घोषणा गरिनेछ । बालबिबाहलाई निरुत्साहित गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
119. बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न र बालबालिका संरक्षण कार्यका लागि गठन भएका बाल अधिकार समिति, महानगर बालमञ्च र बाल संरक्षण समितिलाई वडा स्तरसम्म परिचालन गरीसक्रिय र प्रतिस्पर्धी बनाइनेछ ।
120. अपांगता भएका व्यक्तिहरुको वस्तुनिष्ठ वर्गीकरण गरी अपांगता परिचयपत्रलाई समयमा नै उपलब्ध गराइनेछ । अपांगता भएकाहरुको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रमहरु संचालन गरिनेछ ।
121. तेत्तीसै वडामा रहेका ज्येष्ठ नागरिक मिलन केन्द्रलाई थप सशक्तिकरण गरिनेछ । आर्ट अफ लिभिङतालिमबाट वृद्धवृद्धाका जीवनलाई सहज बनाइनेछ ।
122. ज्येष्ठ नागरिक दिवसको अवसरमा महानगर पिता र महानगर माता घोषणा गरी सम्मान गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
123. विभिन्न धर्म, जातजातिको संस्कार र संस्कृतिको संरक्षण गरी धार्मिक र सांस्कृतिक सौन्दर्यता कायम गरिनेछ ।
124. दलित, गन्धर्व, जलारी, कुमाल तथा अतिविपन्न एवं सीमान्त्तकृत जाति र समुदायको परम्परागत पेशा र व्यवसायको प्रवर्द्धन गरिनेछ । लक्षित समुदायको पेशा, सीप तथा क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ ।
125. नेपाल सरकारसँगको समन्वय र सहकार्यमा सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासनसँग सम्बन्धित सचेतनामूलक र क्षमता विकास कार्यक्रमवडातहसम्म पुर्याउने नीति लिइने छ ।
126. समाजमा रहेका अति विपन्न मध्यम र सम्पन्न परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्ने र स्थानीय सरकारको तर्फवाट दिनुपर्ने आवश्यक सहयोग र परामर्श प्रदान गर्दै जिवनस्तर उठाउने कार्यक्रम सञ्चालन गरिनेछ ।
127. महानगरपालिकामा सामाजिक परिचालन र विकास निर्माणको क्षेत्रमा आमा समुह र टोल विकास संस्थाले महत्वपूर्ण भुमीका निर्वाह गरिरहेका छन् । आगामी आर्थिक वर्ष यस्ता संस्थाहरुलाई सामाजिक जागरण लगायत विकास निर्माणका क्षेत्रमा प्रभाकारी परिचालन गरिनेछ ।
128. समाजमा माग्ने व्यक्ति नरहने सुनिश्चितताका लागि मानव सेवामा केन्द्रित कार्यक्रमहरु संचालन गर्न यस क्षेत्रका विभिन्न संघसस्थाहरुसंग सहकार्य गर्ने नीति लिइनेछ ।
भाषा, कला, साहित्य र संस्कृति
129. महानगरपालिका भित्र रहेका प्राकृतिक, धार्मिक,सांस्कृतिकर पुरातात्विक सम्पदाहरुको अभिलेखीकरण गरी क्रमश: संरक्षण, सम्वर्द्धन र सौन्दर्यकरण गर्दै लगिनेछ ।
130. लेखनाथको अर्चलेमा कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गरिनेछ । जनकवि केशरी धर्मराज थापा, लोक गायकद्वय झलकमान गन्धर्व र अलिमिया लगायतका स्रष्टाको सम्मानमा आवश्यक नीति बनाई कार्यान्वयन गरिनेछ ।
131. महानगर स्रस्टाहरुको अभिलेख तयार गरिनेछ । पोखरा साहित्यिक महोत्सव सञ्चालन गर्नुका साथै महानगरनव रत्न चयन गरी सम्मान गरिनेछ।
132. महानगर प्रज्ञा प्रतिष्ठानलाई पोखराको भाषा, कला,संस्कृति र साहित्यको एक उत्कृष्ट केन्द्रका रुपमा विकास गरिनेछ ।
133. पोखरालाई कला, संस्कृति रऐतिहासिक सम्पदाको शहरका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सिद्धार्थ चोक, रामकृष्ण टोल, गणेश टोल, भैरव टोल हुँदै विन्ध्यवासिनी सम्मको क्षेत्रलाई पोखरा सम्पदास्थल पुरानो बजारको रुपमा प्रवर्द्धन गरिनेछ । यस क्षेत्रलाई क्रमश: सवारीबिहीन बनाउदैं पदमार्ग बनाउने, घरहरु पुरानैस्वरुपमा निर्माण गर्न कलात्मक झ्यालतथा ढोका अनुदानमा उपलव्ध गराउने, यस्ता घरहरुको नक्सापास वा रेक्ट्रोफिटिङ दस्तुरमा छुट दिने र मठमन्दिर जिर्णोद्वार गर्ने नीति लिइनेछ
पूर्वाधार तथा शहरी विकास
134. महानगरका मुख्य सडकहरुमा नेपाल सरकार र प्रदेश सरकारसँगको सहकार्यमा युटिलिटी कोरिडोर निर्माण गर्न अध्ययन गरिनेछ ।
135. पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रियविमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि आवश्यक सहजीकरण गरिनेछ । लामेआहालमा निर्माणाधीन अत्याधुनिक बस टर्मिनलको लागि जग्गा प्राप्ति लगायतका कार्यमा प्रदेश सरकारसँगको सहकार्यमा काम अगाडी बढाइनेछ ।
136. मध्य पहाडी लोकमार्ग तथा सिद्धार्थ राजमार्ग जोड्न वाइपास रोड तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा विरौटा– कोत्रे सडकलाई प्राथमिकता दिई तयारी कार्य सम्पन्न गरिनेछ ।
137. महानगर क्षेत्र अव्यवस्थित रुपमा संचालन भएका वर्कसप व्यवस्थित गरी शहरी सुन्दरता अभिबृद्धि गर्न अध्ययन समिति गठन भई प्रतिवेदन प्राप्त भएको छ । अटो भिलेज स्थापनाका लागि प्राप्त प्रतिवेदन कार्यान्वयन गरिनेछ ।
138. बिद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न शहरका प्रमुख चोक, पेट्रोल पम्प र आवश्यक स्थानहरुमा विद्युतीय चार्जिङ केन्द्र स्थापना गर्न सहजीकरण गरिनेछ । जीवनयापनलाई सरल,सुलभ, किफायती र दीर्घजिवी बनाउन स्थान विशेष अनुसार विद्युतीय उपकरणहरुको उपयोगलाई बढावा दिने नीति लिइनेछ ।
139. आगामी दुई वर्षभित्र प्रमुख शहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गरिनेछ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा विजुलीका तार भूमिगत गरी शहरी जोखिम न्युन गरिनेछ र सुन्दरता बढाइनेछ।
140. महानगरपालिकाभित्र निर्माण हुने भौतिक पूर्वाधारहरु अपांगमैत्री बनाइनेछ। सडकहरुलाई वातावरणमैत्री रहरित सडकका रुपमा विस्तार र स्तरोन्नति गर्ने नीति लिइनेछ।
141. पोखरा महानगरपालिकाको भु–उपयोग नीति तयार गरी लागू गरिनेछ । अव्यवस्थित खण्डीकरण निरुत्साहित गर्दै जग्गा विकास कार्यक्रम लागु गरिनेछ ।
142. पृथ्वीचोक स्थित बसपार्कको क्षेत्रफल एकीन गर्ने,अव्यवस्थित वसोवासीलाई उपयुक्त स्थानमा वहुतले भवन निर्माण गरी स्थानान्तरण गर्नेर सिटी बसपार्कको रुपमा निर्माण गर्न बिस्तृत संभाव्यता अध्ययन गरिनेछ ।
143. नेपाल सरकार शहरी विकास मन्त्रालयबाट जारी गरिएको बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ का अधिनमा रही महानगरपालिका बस्ती विकास सम्बन्धी कार्यविधि तर्जुमा गरी जोखिममुक्त तथा उपयुक्त क्षेत्र पहिचानगरी बहुतले भवन निर्माणको इजाजत प्रदान र नियमन गरी अव्यवस्थित शहरीकरणलाई निरूत्साहित गरिनेछ ।भवन निर्माण कार्य व्यवस्थित गर्न एकीकृत भवन मापदण्ड निर्देशिका तर्जुमा गरी लागु गरिनेछ ।
144. पोखरा महानगरक्षेत्रभित्र सहज आवागमन, शहरीसुरक्षा र सडक सौन्दर्यकरण गर्न मुख्य बजारक्षेत्रमा रहेका सडकहरुको अस्फाल्ड कंक्रिट र सबै सडकहरुको आवधिक मर्मत सम्भार गरिनेछ ।
145. पोखरा महानगरपालिकामा सञ्चालित हुने विकास निर्माणका पूर्वाधार तथा निर्माण कार्यको गुणस्तर मापन गर्ने प्रयोगशालालाई साधनसम्पन्न र सुदृढीकरण गरिनेछ ।
146. बहुतले भवनहरुमा मानवीय स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने खालका निर्माण सामग्री प्रयोग गर्न प्रोत्साहित गरिनेछ । उर्जा प्रभावकारी भवन निर्माणलाई प्रोत्साहन गरिनेछ ।
147. नक्सापास कार्य व्यवस्थित र प्रविधिमैत्री बनाउँदै आवेदन, स्वीकृतिएवं इजाजत दिने प्रक्रिया अनलाइन र डिजिटल प्रणाली मार्फत फेसलेस सेवा प्रदान गर्ने नीति लिइनेछ ।
148. ग्रेटर पोखराको अवधारणा पत्र तयार पारी सार्वजनिक गरिनेछ ।
149. नेपाल सरकारसँगको समन्वय र सहकार्यमा पोखरा महानगरपालिकामा ढल व्यवस्थापन गुरुयोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । शहरलाई स्वच्छ र सफा राख्न ढलको निर्माण गरी प्रशोधन केन्द्रमा पठाउने, नयाँ घर निर्माण स्वीकृति लिदाँका वखत जमिनमा गैर पारगम्य सेफ्टिक ट्याङ्क (Non- Permeable Septic Tank)बनाउनुपर्ने र घरमा पर्ने वर्षातको पानी सोस्ने Rain Garden बनाउनुपर्ने गरी नीतिगत व्यवस्था गरिनेछ ।
150. “एक घर एक धारा: हाम्रो अभियान” अभियानलाई महानगरका सबै वडा र टोल टोलसम्म क्रमशः पुर्याइनेछ ।
151. शहरकोमुख्य बजार क्षेत्रमा राजमार्ग पर्ने भएकाले सडक जामको अवस्थावाट नागरिकले सास्ती भोग्नु परेको छ । यसको दिर्घकालीन समाधानका लागि आगामी वर्षभित्र पृथ्वीचोकमा अण्डरपास तथा फ्लाइ ओभरको संभाव्यता अध्ययन गरिनेछ ।
152. पोखरा महानगरपालिका तीव्र शहरी जनसंख्या वृद्धि हुने शहरमा पर्दछ । शहरी जनसंख्यालाई वान्छित सीमाभित्र राख्न ग्रामीण क्षेत्रमा अत्यावश्यक सुविधाको व्यवस्था गर्ने, ग्रामीण क्षेत्रसम्म सडक र सुलभ यातायात व्यवस्था गरी शहरमा दिनभर पेशा/व्यवसाय गरी घर फर्किन सक्ने व्यवस्था गर्ने, ग्रामीण वडाको केन्द्रसम्म पुग्ने सडक स्तरोन्नति गर्दै तत्काल सुलभ बससेवा उपलव्ध गराउने कार्य अविलम्बगरिनेछ । निर्माणाधीन गाउँशहर जोड्ने कनेक्टिङ सडकलाई आगामी वर्ष सम्पन्न गरिनेछ । यसका अतिरिक्त आगामी आर्थिक वर्ष पोखरा चक्रपथ निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ ।
153. पर्यटकीय शहर पोखरामा नेपाल भ्रमण गर्ने पर्यटक मध्ये करीव ४०% ले पोखरा भ्रमण गर्ने गरेको अनुमान छ । पोखरा भ्रमण गर्ने पर्यटकहरुले समेत यहाँका सबैपर्यटकीय स्थल पुग्न सकेका छैनन् । यसर्थ फेवाताल नयाँ एअरपोर्ट वेगनासताल फास्ट ट्रयाक निर्माणकोसंभाव्यता अध्ययन गरिनेछ । एक अध्ययनले हाल संचालित यातायात सेवा माग भन्दा पूर्ति बढी रहेको र बढ्दो इन्धन खपतबाट वायु प्रदुषण बढेको देखाएको छ । आगामी वर्ष यातायात व्यवस्थापनका लागि ट्राम बस, सटल बस र विद्युतीय बसको रुट लगायतका Mass Transportation संचालन सम्बन्धमा सम्भाव्यता अध्ययन गरिनेछ ।
154. प्रदेश सरकारको सहकार्य र समन्वयमा ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त बनाइनेछ । सार्वजनकि पार्किङ स्थलको उचित व्यवस्थापन गरिनेछ ।
155. लामेआहालको बसपार्कलाई पोखरा बसपार्क रपृथ्वीचोक स्थित बसपार्कलाई सिटी बसपार्कको अवधारणा पश्चात पोखरा–२ मा अवस्थित बाग्लुङ बसपार्कलाई विन्दवासिनी बसपार्कको नामाकरण गरी व्यवस्थित रुपमा स्तरोन्नति गरिनेछ ।
वन, वातावरण, सरसफाइ र विपद् व्यवस्थापन
156. महानगरको सौन्दर्यकरण र हरियाली प्रवर्द्धनका लागि एकघर एक विरुवा एवं सडक र नदी किनारामा जलवायु अनुकूलनयुक्त वृक्षारोपण गर्ने नीति लिइनेछभने सम्पूर्ण विद्यालय परिसरमा फलफूलका विरुवा लगाउनु पर्ने नीति लिइनेछ ।
157. पोखरा महानगरपालिका क्षेत्रभित्र तत्काल र शीघ्र सम्पादन गर्नुपर्ने कार्य मर्मत सम्भार, विपद् पूर्व तयारी एवं प्रतिकार्य आकस्मिक सेवा लगायतका कार्य गर्न सम्वद्ध शाखाका अनुभवी र तालिम प्राप्त Rapid Response Team बनाइनेछ । यस शाखालाई २४ सै घण्टा परिचालन गरिनेछ ।
158. सेती कोरिडोरको संरक्षण तथा उपयोग गर्दै हरियाली प्रवर्द्धन गरिनेछ । सीमसार र जलाधार क्षेत्रको संरक्षण गर्दै विशेष उपयोग गर्ने नीति लिइनेछ । फेवाताल लगायतका महानगरभित्रका सबै तालतलैया, खोला, खोल्सी, सार्वजनिक जग्गा लगायतको मापदण्ड तयार गरी उपयुक्त संरक्षण र दीगो उपयोग गर्ने नीति अंगीकार गरिनेछ ।
159. आगामी वर्षमा महानगरका सार्वजनिक, पर्ती, सरकारी जग्गाको लगत तयारी गरी खुला स्थानको पहिचान गरिनेछ । विपद् पूर्वतयारी एवं प्रतिकार्य प्रयोजनार्थ खुला स्थानको प्रोफाइल तयार गरिनेछ ।
160. फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालयहरुमा वर्गीकृत फोहोर संकलनका लागि डस्टबिनको व्यवस्था मिलाइनेछर फोहोर व्यवस्थापन बारे विद्यालय तह देखि नै व्यावहारिक शिक्षा लागू गरिनेछ ।
161. वर्षातको पानी संकलन र पुनर्भरणसम्बन्धी रेन वाटर हार्भेष्टिङ, पानीको खपत कम गर्न घरेलु फोहोर पानीको प्रशोधनमा उपकरणको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
164. पोखराको भौगर्भिक बनावट अत्यन्तै जोखिमपूर्ण छ । आगामी आर्थिक वर्ष विकास साझेदारसंगको सहकार्यमा महानगरपालिकाका अति जोखिमयुक्त र संकटापन्न क्षेत्रको अध्ययन गरी विपद् जोखिम न्यूनीकरण योजना कार्यान्वयन गर्ने नीति लिइनेछ ।
165. फोहोरमैला उत्सर्जनमा न्यूनिकरण तथा स्रोतमै वर्गीकरण गरी पुन: प्रयोग एवं पुन: चक्रीय फोहोरमैला विक्री वितरण गरी आयआर्जन गर्ने वातावरण सिर्जना गरिनेछ ।
166. निजी क्षेत्रसँगको सहकार्य र साझेदारीमा मेटेरियल रिकभरी फेसिलिटेशन सेन्टर (MRF) स्थापना गरी पुन:प्रयोग एवं पुनर्चक्रीय फोहोर व्यवस्थापन गर्ने नीति लिइनेछ । वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली (3R & C)को लागि जनस्तरमा जनचेतना कार्यक्रम संचालनको नीति लिइनेछ ।
167. सडकका छाडा चौपायालाई नियन्त्रण र नियमन गर्ने नीति अबलम्बन गरिनेछ । गोरक्ष केन्द्र बनाउन धार्मिक संस्थाहरुसँग विशेष आग्रह गरिनेछ ।
168. महानगरभित्रका सवै सार्वजनिक संरचनाहरुको जोखिम मूल्यांकन (Risk Assessment) गर्न महानगरको विपद् नक्सांकन (Hazard Mapping)गरिनेछ र विपद् पूर्वको सूचना प्रणाली जडान गरिनेछ ।
169. निजी तथा सहकारी क्षेत्रसंगको सहकार्य/ साझेदारीमा कुहिने फोहोरको व्यवस्थापन एवं प्रशोधन मार्फतवायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्न प्रोत्साहन दिइनेछ । यसरी उत्पादित मललाई अनुदान सुविधामा कृषकसम्म पुग्ने नीति लिइनेछ। यसरी उत्पादित ग्यास र मलवाट आयात प्रतिस्थापनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
170. नगरका शहरी क्षेत्रका प्रमुख चोकहरुमा खुला स्थानको व्यवस्थापन गरिनेछ । महानगरपालिकाका प्रत्येक वडामा कम्तिमा एक–एक वटा शुद्ध खानेपानी सहितको सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
171. घरायसी फोहोर व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी महानगरपालिकाको हो । हालको ल्याण्डफिल्ड साइट पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालन हुने अवधि अगावै अन्यत्र सार्ने निर्णय भैसकेको छ । फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी उद्यमशीलता, उर्जा र हरित व्यवसायसँग जोड्ने र सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणलाई अघि बढाइनेछ ।
कानून, मानव अधिकार र न्यायिक समिति
172. पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष न्यायिक समिति राष्ट्रिय सम्मेलनको सफल आयोजना गरेको छ । सो सम्मेलनले ११ वुँदे घोषणा पत्र जारी गर्दै न्यायिक समितिको क्षमता अभिवृद्धि एवं क्षेत्राधिकार बढाउने लगायतका कानूनी व्यवस्था हुनुपर्ने ठहर गरेको थियो । यसलाई नेपाल सरकारसँग समन्वय गरी न्यायिक समितिको प्रभावकारिता बढाइनेछ । न्यायिक समितिको निर्णयलाई नगरबासीले न्याय अनुभूत हुने गरीनतिजामूलक कार्यान्वयन सुनिश्चित गरिनेछ ।
173. आगामी वर्ष कानून सुधार र कानूनी दस्तावेज निर्माणको वर्ष हुनेछ । साबिकका कानुनको समयानुकूल परिमार्जन गर्दै कार्यान्वयनशीलता बृद्धि गरिनेछ । संघीय कानून र प्रदेश कानूनको अधिनमा रही महानगर ऐन, नियमावली तथा कार्यविधिहरु तर्जुमा गरिनेछ ।
174. पोखरा महानगरपालिका गण्डकी प्रदेशको राजधानी शहर हो । पोखरा शहरको विकासको गतिसंगै छिमेकी पालिकाहरुको विकास संगै लैजानु आजको आवश्यकता हो । यसका लागि क्षेत्रगत नीति निर्माण गर्दा आपसी सहयोग / परामर्श, साझेदारीर समन्वय गर्दै नीति निर्माणमा एकरुपता कायम गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
सुशासन तथा संस्थागत विकास
175. राष्ट्रसेवक कर्मचारीहरुको तलबमान तथा सुविधा वृद्धि गर्ने गरी नेपाल सरकारले लागु गरेको स्केल महानगरपालिकामा समेत लागु गरी कर्मचारीहरुको मनोबल अभिवृद्धि गरिनेछ ।
176. महानगरको कार्यसम्पादनको गुणस्तरको सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि हेलो मेयर कार्यक्रम १ महिना भित्र शुरु गरिनेछ ।
177. हाम्रो पोखरा,डिजिटल पोखरा तयार गर्न यसै आ.व.वाट सूरु गरी पोखरा महानगरको डिजिटल प्रोफाइल तयार पारिनेछ ।
178. सेवा प्रवाहमा सुधार र संस्थागत क्षमता अभिवृद्धिका लागि पोखरा महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
179. आगामी वर्षदेखि महानगरवाट प्रदान हुने सार्वजनिक सेवा ३६५ दिन नै प्रवाह हुने गरी व्यवस्थापन गरिनेछ । टोलफ्री सहितको हेल्पलाइनवाट सरल, सहज र शीघ्र सेवा प्रवाह सुनिश्चित गरिनेछ । कर्मचारी एवं जनशक्तिको सरुवा जिम्मेवारी लगायतलाई वस्तुनिष्ठ, पारदर्शी र अनुमानयोग्य बनाइनेछ ।
180. “स्वच्छ कार्यवातावरण: उत्कृष्ठ सेवा प्रवाह“ को अवधारणा साकार पार्न कार्यालयको सरसफाइ र कार्यस्थल विन्यासलाई पुनःसंरचना गरी चुस्त कार्य वातावरण सिर्जना गरिनेछ ।
181. व्यवस्थित कार्यवातावरण, सेवाग्राहीमैत्री र शीघ्र एवं सहज सेवा प्रवाहका लागि पोखरा महानगरपालिकाको मुख्य कार्यालयको निर्माण कार्य शुरु गरिनेछ । महानगरपालिकामा ३ महिना भित्र एकद्वार प्रणालीवाट स्वचालित र अनुमायोग्य सेवा प्रवाहलाई सुनिश्चित गरिनेछ ।
182. भ्रष्टाचारको शून्य सहनशीलता विकास, पारदर्शिता सुनिश्चितता र प्रभावकारी जवाफदेहिता बिकास गर्नको लागि गुनासो व्यवस्थापनको वस्तुनिष्ठ संयन्त्र तयार गरिनेछ । सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सेवाग्राही सन्तुष्टी सर्वेक्षण लगायतकाजवाफदेहीता प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
183. आगामी वर्ष महानगरको सेवा प्रणालीलाई व्यावसायिक प्रतिस्पर्धी र कार्यमूलक बनाउन संस्थागत संरचनाको पुनरावलोकन गरिनेछ। राष्ट्रसेवक कर्मचारीको वृत्ति विकास सेवाको सुरक्षा र सेवाप्रति समर्पित बनाउने मौद्रिक र गैरमौद्रिक प्रोत्साहन उपलव्ध गराइनेछ।वडा कार्यालयहरुलाई जनशक्ति तथा थप स्रोत साधनयुक्त बनाइनेछ । जनताकेन्द्रित प्राय: सेवाहरु वडा कार्यालयवाट नै प्रवाह हुने गरी वडा कार्यालयको अधिकार र जिम्मेवारीलाई थप सुदृढ बनाइनेछ । महानगरपालिका साथै अन्तर्गत वडा कार्यालयवाट प्रदान गरिने अत्यावश्यक सिफारिसलाई नि:शुल्क गरिनेछ ।
184. महानगरपालिकामा क्षतिपूर्ति सहितको डिजिटल नागरिक वडापत्र व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ ।
185. पोखरा महानगरपालिका कार्यरत कर्मचारीहरुको सरुवा मापदण्ड तयार गरी सोका आधारमा सबै भौगोलिक र जनसांख्यिक क्षेत्रको अनुभव हुने गरी व्यवस्थित गरिनेछ ।
186. कोभिडका कारण अप्ठ्यारोमा परेको अर्थतन्त्रलाई उठाउन नीतिगत पहल गर्ने र राहत प्रदान गर्न आवश्यक पहल गरिनेछ ।
187. महानगरको कार्य प्रकृति संस्थागत संयन्त्र कार्यक्षेत्र र विकास आवश्यकताका आधारमा संगठन र दरवन्दी पुनसंरचना गरिनेछ ।
188. कर्मचारीहरुले सम्पादन गर्नुपर्ने कार्य र जिम्मेवारीको मापनयोग्य कार्यविवरण र कार्यसम्पादन सूचक निर्माण गरिनेछ । कार्यक्रमको वार्षिक लक्ष्य किटान गरी सो अनुसार कार्यसम्पादन सम्झौता गरिनेछ । कर्मचारीको वृत्ति विकास क्षमता अभिवृद्धिका अवसर,प्रोत्साहन र पुरस्कारलाई कार्यसम्पादनसँग आवद्ध गरिनेछ ।
189. डिजिटल पोखरा महानगरपालिकाको अवधारणा अनुसार विद्युतीय सेवा प्रवाहमा जोड दिदैं ठूला र दिर्घकालीन परियोजनाको निर्णय गर्दा इलेक्ट्रोनिक्स पोल सर्वेक्षण गरिनेछ । अध्ययन र संभाव्यताका आधारमा योजनाहरुको कार्यान्वयन गरिनेछ ।
190. आगामी वर्ष कर्मचारी सेवा ऐनको तर्जुमा गरी जारी गरिनेछ । लामो समयदेखि वृत्तिपथ अवरुद्ध भएका र अवसर नपाएका राष्ट्रसेवकलाई वृत्तिपथ वा स्वैच्छिक अवकाशको विकल्प प्रदान गरी महानगरीय सार्वजनिक सेवालाई व्यावसायिक प्रतिस्पर्धी र नतिजामुखी बनाउने नीति लिइनेछ ।
191. महानगरको राजश्व प्रशासनको सुधार मार्फत सुदृढ र सक्षम बनाई राजश्वमा वृद्धि गर्ने नीति अंगीकार गरिनेछ र आन्तरिक स्रोतको परिचालनलाई सबल बनाइनेछ।
192. महानगरपालिकाका विभिन्न विषयगत योजनाहरुको तर्जुमा कार्यान्वयन अनुगमन तथा मूल्यांकन गर्दा योजना तथा कार्यक्रम सम्बन्धित वडा कार्यालयसँग समन्वय र सहकार्य गरी लक्षित उद्देश्य हासिल गर्ने नीति लिइनेछ ।
193. महानगरपालिका अन्तर्गत साविक नगरपालिका क्षेत्रका घरहरुको मात्र म्यानुअल प्रणालीद्वारा क्याडस्ट्रल म्यापमा आधारित घर नम्बरको वितरण गर्दै आएकोमा महानगरपालिकाका सम्पूर्ण वडाहरुमा वैज्ञानिक ठेगाना प्रणाली (मेट्रिक एड्रेसिङ सिस्टम) प्रारम्भ गरिनेछ । प्रणालीको प्रभावकारिता बढाउन महानगरपालिकाका सबै प्रकारका भौगोलिक सूचना उपलब्ध हुने गरी Urban Base Map तयार गरिनेछ ।
194. सरकारी, सार्वजनिक तथा पर्ती जग्गाको संरक्षण र सम्बर्द्धन गर्नु महानगरपालिकाको प्रमुख जिम्मेवारी हो । सार्वजनिक जग्गाको यथार्थ विवरण र तथ्यांकको अभावमा अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिअतिक्रमण नियन्त्रण तथा रोकथामको काम प्रभावकारी हुन सकेको छैन । यसका लागि जिल्लास्थित मालपोत तथा नापी कार्यालयसँगको समन्वयमा तथ्याङ्क र अभिलेख अध्यावधिक गर्ने व्यवस्था मिलाई सार्वजनिक सम्पत्तिको संरक्षण गरिनेछ ।
195. नेपालको संविधान अनुसार स्थानीय तहको अधिकारसूचीमा नगर प्रहरी सम्बन्धी व्यवस्था छ । महानगरपालिकाको क्षेत्र र कार्यजिम्मेवारीका आधारमा विद्यमान दरवन्दी संरचनाबाट कानूनको कार्यान्वयन र बजार अनुगमन तथा नियमन कार्यवाञ्छित रुपमा सञ्चालन हुन सकेको छैन । यसलाई प्रभावकारी बनाउन आगामी वर्ष पदसोपान सहितको नगर प्रहरीको दरवन्दी थप गरी पदपूर्ति गरिनेछ ।
196. जापानको कोमागाने शहरसँग स्थापना गरी शुरुवात भएको भगिनी सम्बन्ध हालसम्म १२ वटा शहरसँग कायम भएको छ । नेपालको भरतपुर महानगरपालिका र धरान उपमहानगरपालिकासँग समेत भगिनी सम्वन्ध कायम गरिएको छ । भगिनी सम्बन्ध कायम भएका शहरहरुसँगको सम्बन्ध सुदृढ र प्रगाढ बनाउँदै प्रभावकारी समन्वय गरी साझेदारी गरिनेछ ।
197. सुसूचित हुन पाउने आम पोखरेली नागरिकको अधिकार हो । यसका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका रहन्छ । स्थानीय सरकार र जनतावीच पुलको रुपमा कार्य गर्दै सही र सत्य सूचना प्रवाह गर्न र स्वच्छ आलोचना महानगरपालिकाले अपेक्षा राखेको छ । श्रमजीवी पत्रकारहरुको क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ। पत्रकार बीमा कार्यक्रममा पत्रकार महासंघसँग सहकार्य गरिनेछ ।
अन्त्यमा,
198. प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण नगर सभासदज्यूहरु, नगरस्थित क्रियाशीलराजनीतिकदलहरु,पत्रकारहरु,नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरु राष्ट्रसेवक कर्मचारीहरुलाई पुन: धन्यवाद दिन चाहन्छु । पोखराको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, गण्डकी प्रदेश सरकार, दातृ निकाय, सहयोगी संघसंस्था तथा निकायहरु र निजी क्षेत्र प्रति म पोखरा महानगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रुपमा प्राप्त हुने नै छ भन्ने विश्वास गर्दछु । धन्यवाद् ।