
पोखरा भ्यूज
पोखरा । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गत जोन ६ को डिष्ट्रिक्ट गभनर्स प्रि–एडभाईजरी कमिटी बैठक शनिवार सम्पन्न भएको छ । लायन बर्ष २०२२/२२ सुरु हुन केहि दिन बाँकी रहेको छ । लायन्सको बिधिबिधान अनुसार जुलाई १ सुरुवाती र जुन ३० लाई अन्तिम लायन बर्ष मानिदै आएको छ ।
प्रि–जोन बैठकमा जोन अन्तर्गतका क्लवका अध्यक्षहरुले डिष्ट्रिकका बिभिन्न पदाधिकारीहरु समक्ष आफुले आफ्नो कार्यकालमा गरिने सेवाका कार्यहरूको प्रतिवेदन सहित प्रतिबद्धता जाहेर गरेका छन ।
जोन चेयरपर्सनले आफु मातहतका क्लबले प्रत्येक तीन महिनाको समय अबधि भित्र सम्पादन गरेका उल्लेख्य कार्य, आईपरेका समस्या, क्लवको आर्थिक अबस्था र भाबि योजना लगायका बिषयमा बृहत छलफल गर्ने परम्परा छ ।
कार्यक्रममा जोन अन्तरगत रहेका क्लवहरु क्रमश लायन्स क्लव अफ पोखरा पिस सिटी, पोखरा ग्लोबल लेकसिटी, पोखरा पिस टाउन र पोखरा पिस देउरालीका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जोन चियरपर्सन शोभा अधिकारी पौडेलले क्लवहरुले प्रतिबद्धता जनाए अनुसारका कार्यहरु सम्पन्न गर्नेमा आफु विश्वस्त रहेको जनाउ दिदै समाज सेवाको कार्यमा देखाएको प्रतिबद्धता प्रति आभार व्यक्त गरेकी छन ।
बिभिन्न क्लवहरुबाट सहभागिता जनाएका क्लबका पदाधिकारीहरुले उठाएका बिभिन्न गुनासा र जिज्ञासाहरुको जवाफ डिष्ट्रिक्ट ३२५ आई का जिएसटी डिष्ट्रिक्ट को–अर्डीनेटर अमृत शोभा खत्री, डिष्ट्रिक्ट मिडिया चिफ टंकराज अधिकारी, डिष्ट्रिक्ट ईन्भाईरोमेन्ट चिफ सन्तोष श्रेष्ठ, सिनियर एओजी सबिता बराल, रिजन चेयरपर्सन गंगाविलास लोहनी, जोन चेयरपर्सन मणिराज डुम्रे लगायतका डिष्ट्रिक्ट पदाधिकारीहरुले दिएका थिए ।







सम्बन्धित खवर
















