30Shares

पोखरा भ्यूज

पोखरा, २८ असार । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन अन्तर्गत जोन का क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको
असार २७ गते सोमवार जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटी, पिस सिटी र पिस टाउनको संयुक्त पदस्थापन सम्पन्न भएको हो
पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्टिक्ट गर्भनर राम बसेलले क्लबमा भित्रिएका नयाँ सदस्यलाई लायन सिद्धान्त मान्यताबारे जानकारी तथा क्लब नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराएका हुन्

सो अवसरमा गभर्नर बसेलले लायन्स क्लब अफ पोखरा पिस सिटीको स्पोन्सरमा गठन भएको क्लब पोखरा पिस देउराली ग्लोबल लेकसिटीको स्पोन्सरमा गठन भएको लियो क्लब, लियो ग्लोबल लेकसिटीको उद्घाटन गरेका छन लायन्स पिस देउरालीमा लोकनाथ अधिकारी लियोमा क्षितिज पन्त अध्यक्ष रहेका छन
कार्यक्रममा लायन बर्ष सन् २०२१/२२ का अध्यक्षहरू लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीका टेकनारायण रेग्मी, पिस सिटीका राजेश रानाभाट पिस टाउनका शोभा अधिकारी पौडेलले आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन २०२२/२३ का लागि पदस्थापित अध्यक्ष लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटी सन्तोष अर्याल, पिस सिटीका हरिप्रसाद अधिकारी पिस टाउनका सिता तिमिल्सिना सुबेदीले भावी कार्यक्रम प्रस्तुत गरेका थिए समारोहमा मेरील्यांड किड्स मन्टेसरीका विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए

नेपाली लायन्सको आफ्नै गुठी नेपाल लायन्स फाउण्डेशन, लायन्स अन्तरराष्ट्रिय गुठी एलसीआईएफमा कंट्रीब्यूसन, डिष्ट्रिक्टको नयाँ भवन निर्माणका लागि सहयोग रक़म हस्तान्तरण, छात्रबृति प्रदान, सामुदायिक हस्पिटलका लागि सामग्री हस्तान्तरण लगाएतका विभिन्न कार्यमा क्लबहरूबाट प्रतिवद्धता सहित नगद प्रदान गरिएको थियो ।

संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश निती तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष ड़ा रघुराज काफलेले लायन्सले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउदै सम्पन्न गरिएका कार्यलाई संस्थागत गर्न प्रदेश सरकारसँग सहकार्य गर्न आग्रह गरे लायन्सले समाजमा शिक्षास्वास्य, वातावरण, सामाजिक मानवीय सेवाका कार्यका साथै नेतृत्व विकासमा उत्कृष्ट काम गरी समाजरुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै आउँदा दिनमा प्रदेशलाई समृद्ध प्रदेश बनाउन आर्थिक क्रान्तितर्फ ध्यान दिन जोड दिए

पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ बी नेपालका डिष्टिक्ट गर्भनर बसेलले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यहरूको निरन्तरता गर्न बाँकी रहेका सबै सेवाकार्यहरूलाई बर्ष २०२२/२३ मा अगाडी बढ़ाउदै ‘म टिमवर्कमा विश्वास गर्दछु’ (I Believe in Teamwork) भन्ने नारालाई वर्षभरि नै प्राथामिकतामा राखेर काम गर्न सफल नेतृत्वको उदाहरण प्रस्तुत गर्न नव निर्वाचित अध्यक्षहरूलाई आग्रह गरेका थिए मेरो डिष्ट्रिक्ट बलियो डिष्ट्रिक्ट ‘एक पटकको लायन्स सधैको लायन्सभन्ने अभिप्रायका साथ क्लबका सम्पूर्ण सदस्यलाई स्थायी सदस्य बनाउन गभर्नर बसेलले क्लब अध्यक्षलाई आग्रह गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा उत्साह, हौसला साथ लाग्न समेत अनुरोध गरे

लायन्स क्लब अफ पोखरा पिस टाउनका लायनबर्ष २०२१/२२का अध्यक्ष शोभा अधिकारी पौडेल लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीका लायन बर्ष २०२२/२३ का अध्यक्ष सन्तोष अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम द्वित्तिय भाइस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी बिनोद ढुङगाना क्याविनेट सेक्रेटरी हरिराज पन्त, डिष्ट्रिक्ट को अर्डीनेटर सुदीपराज ढुङगाना, डिष्ट्रिक्ट मिडिया चिफ टंकराज अधिकारी, सिनियर एओजी सबिता बराल, लायन्स क्लब अफ पोखरा पिस सिटीका २०२१/२२ का सचिव ज्ञानेन्द्र थापा लगायतले आफ्नो भनाई राखेका थिए

30Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected