
पोखरा भ्यूज
पोखरा, २ साउन । लायन्स क्लब अफ पोखरा पिस टाउनले आइतवार पोखरामा डिसेवल सपोर्ट एवं मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको छ । साउन महिनामा मेहेन्दीको बिशेष महत्व रहेकाले नेपाल अपाङ्ग महिला संघको कार्यालयमा सो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सिता तिमिल्सिना सुवेदीले बताइन् ।
मेहेन्दी लगाउने कार्यक्रम गर्दा राम्रो सन्देश गएको कार्यक्रम संयोजक, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट सिनियर एओजी सबिता बरालले बताइन् । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन शोभा अधिकारी पौडेलले क्लबले रचनात्मक कार्य गरेकोमा प्रशंसा गरेकी थिईन ।
सो अवसरमा कार्यक्रम संयोजक सविता बरालले नेपाल अपाङ्ग महिला संघलाई नगद दश हजार १ सय पाँच रूपैया प्रदान गरेकी थिईन ।
क्लबका अध्यक्ष सिता तिमिल्सिना सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव हिममाया भण्डारी, कोषाध्यक्ष केसिमाया नेपाली साथै अपाङ्ग महिला संघका पदाधिकारीको उल्लेख्य उपस्थिति रहेको थियो ।






सम्बन्धित खवर
















