24Shares

पोखरा भ्यूज

काठमांडौ, साउन भारत सरकारको अनुदान सहयोगमा निर्मित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटकोनवनिर्मित शैक्षिक भवनको उद्घाटन भएको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका मा अवस्थितसो भवनको

भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुखकर्साब लामाले संयुक्त रुपमा उद्घाटन गरेका हुन

भारतनेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा करोड ४१ लाखकोलागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो परियोजना भारत स्वतन्त्रभएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्षनेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक रहेको भारतीय राजदूतावास स्रोतले जानकारी दिएको

सन् २०१४ मा स्थापना भएको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको प्राविधिक शिक्षा तथाव्यवसायिक तालीम परिषद्को साझेदार संस्थाको रुपमा रहेको यस संस्थाले जिल्ला समन्वय समिति तथाकमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिब कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको

त्यस्तै यस इन्स्टिच्यूटले काठमाडौ विश्वविद्यालयसँग सम्बद्धरही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिब तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दैआएको यस इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ३० प्रतिशत छात्रा छन् भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरणप्रदान गरेको स्थानीय बासीको भनाई

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघिबढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई अन्य सार्वजनिक सुविधाका क्षेत्रमानेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् ती मध्ये सिन्धुली जिल्लाका गरीबागमती प्रदेशमा १०३ वटा रहेका छन्

भारत नेपालबीच बहुपक्षीय एवम् बहुपक्षिय विकास साझेदारी रहेको जसले दुई देशका जनताबीचकोनिकटतालाई प्रतिबिम्बित गर्दछ

24Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected