0Shares

पोखरा भ्यूज

पोखरा, ९ साउन । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन नटूटने दावी गरेका छन । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले अहिले नै गठबन्धन टुट्नेवाला छैन, आउने निर्वाचनमा गठबन्धन हुन्छ,’ नेपालले थपेँ, ‘जम्मै आफुले लिउँला भनेर सोच्छ भने टुलुटुलु हेरेर बस्दैनौं, आफ्नै शक्तिमा अघि बढ्छौं ।’

नेता नेपालले गठबन्धनले समाजवादीलाई चिन्न नसकेको अभिव्यक्ति दिएका छन् । गठबन्धनले कतिपय स्थामा आफुहरुलाई उचित व्यवहार समेत नगरेको भन्दै गुनासो पोखेको छन् ।
‘गठबन्धनले एकिकृत समाजवादीलाई नचिनेको पक्कै हो, यसको धेरै ठुलो पिडा छ,’ उनले भने, ‘माओवादीले कतिपय ठाउँमा उचित व्यवहार भएन, विगतको कुरा समिक्षा गरौं, त्रुटी, कमजोरी सुधारौं ।’ नेपाली कांग्रेसलाई विगतका कमजोरी नदोहो¥याउन आफुले पटक पटक अनुरोध गरेको बताउँदै आउने निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारे ।

साथै उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो अस्तित्व रक्षा गर्नका लागि एमसीसी र एसपीपी ल्याएको आरोप समते लगाएका छन् । अस्तित्व सहित ओलीले भारतसहित विभिन्न देशलाई खुशी पार्न संयुक्त संन्य अभ्यासमा नेपाललाई सहभागी गराउन अग्रसर भएको बताएका छन् । ‘हुँदाहुँदा ओलीले आफ्नो अस्तित्व रक्षा गर्न अमेरिकाको एमसीसी र एसपीपी ल्याउनुभयो, त्यसपछि सारालाई खुशी पार्न भारतसहित विभिन्न देशको संयुक्त सैन्य अभ्यासमा नेपाललाई सहभागी गराउन अग्रसरता लिनुभयो,’ उनले भने, ‘त्यसका विरुद्ध हामी जुध्नुपर्ने स्थिति बन्यो ।’
एमाले र माओवादी मिलेर बनेको नेकपामा अध्यक्ष ओलीको अंहकारले भरिएको उनको भनाई थियो ‘म नै राज्य हुँ, मनै पार्टी, म नै राष्ट्रनेता, म नै विचार भनेर उहाँमा अहंकार बढ्यो । त्यसपछि पार्टीमा छलफलहरु बन्द भए ।’
ओलीको प्रवित्ति विरुद्ध जुध्दा आफुलाई हटाउने भए भनेर २÷२ पटक संसद विघटन गरेको नेपालले दाबी गरे । सर्वोच्च अदालतको सहारामा एकिकृत कम्युनिष्ट पार्टी विघटित भएको भन्द्यै उनले संविधान जोगाउन लाग्दा आफुहरुलाई पार्टीबाट निकालेको बताए ।
‘सर्वोच्चको सहारामा कम्युनिष्ट पार्टी विघटित भयो, हामी संविधान जोगाउन लाग्यौं,’ उनले भने, ‘यसो गर्दा एमालेबाट हामीलाई निकालियो ।’ संविधान खतरामा परेकाले आफुहरुले विद्रोह गर्नुपरेको नेपालको भनाई छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानले सोमबार पोखरामा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेपालले ओलीकै कारण कम्युनिष्ट पार्टी लोकप्रिय हुन नसकेको बताए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected