
पोखरा भ्यूज
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले ५०हजार रूपैया प्रदान गरेका छन । नेपालका लायन्स डिष्ट्रिक्ट रि–डिष्ट्रिक्टिङ भए पछि सचिवालय विहिन भएकाछन । गत बर्ष मात्र नेपालमा रहेका लायन्सका ४ वटा डिष्ट्रिक्ट रि–डिष्ट्रिक्टिङ पछि १५ वटा डिष्ट्रिक्ट भएकाथिए । ४ वटै डिष्ट्रिक्टले एउटै भवनबाट कार्य संचालन गर्दै आएका थिए । रि–डिष्ट्रिक्टिङ पछि डिष्ट्रिक्टहरूलेस्थायी सचिवालय बनाउने अभियानमा जुटेका छन ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले यसबर्षको मुख्य कार्यक्रम अन्तर्गत डिष्ट्रिक्टको स्थायी सचिवालयनिर्माण जोड़ दिएको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बसेलले बताएका छन ।
मन्त्री आचार्यले शनिवार पोखरामा लायन्स क्लब अफ पोखरा डल्फ़िन लगाएतका क्लबहरूको पदस्थापनसमारोहमा बोल्दै लायन्सले समाजमा गरेका कार्यहरूबाट आफु प्रभावित भएको भन्दै यस वर्षको मुख्यकार्यक्रम भवन निर्माण रहेको हुदाँ एक महिनाको तलब बराबरको रक़म प्रदान गर्ने घोषणा गरेका थिए । मन्त्रीआचार्यले संसद भएपछिको पहिलो तलब अमरज्योति जनता मावि लुईटेलगाउँ गोर्खालाई दिएका थिए भनेमन्त्री भएपछि १ महिनाको तलब लायन्सको भवन निर्माणका लागी प्रदान गरिएको सचिवालयले जानकारीदिएको छ ।
शनिवार मन्त्री आचार्यले लायन्सले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउदै सम्पन्नगरिएका कार्यलाई संस्थागत गर्न प्रदेश सरकारसँग सहकार्य गर्न आग्रह गरेका थिए । मन्त्री आचार्यलेलायन्सको अभियानमा सँगसगै रहेको बताउदै लायन्सले समाजमा मानवीय सेवाका कार्यका साथै नेतृत्वविकासमा उत्कृष्ट काम गरी समाज रुपान्तरण महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए । प्रदेशलाई समृद्धप्रदेश बनाउन टिमवर्कबाट मात्र सम्भव छ त्यो लायनवादमा मात्र सम्भव छ, राजनीति गर्ने पाटीले लायन्सबाटसिक्नु पर्ने आचार्यले बताए थिए ।
लायन्सको कार्यकाल सुरू भएको ३१औं दिनसम्ममा लायन्स क्लबहरूबाट डिष्ट्रिक्टको स्थायी सचिवालयनिर्माणका लागि ४५ लाख बराबरको प्रतिवद्धता आएको छ भने करिव १७ लाख भन्दा बढ़ी नगद संकलन भैसकेको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट क्याविनेट ट्रेजरर सूर्यनारायण बरालले जानकारी दिए।








सम्बन्धित खवर
















