95Shares

पोखरा भ्यूज

पोखरा जिल्ला प्रहरी कार्यालय, कास्कीको हाता भित्र निर्माण गरिएको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको । प्रहरी, आगन्तुक हिरासतमा रहेका व्यक्तिहरूलाई पठनपाठनमा प्रोत्साहित गर्नका लागि स्थापना गरिएको पुस्तकालयलाई लायन्स क्लब अफ पोखरा अभियानले पुस्तक प्रदान गरेको हो

विहिवार एक कार्यक्रमका विच क्लबका अध्यक्ष कृष्ण लम्साल, क्लबका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना लगाएतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीलाई विभिन्न बिधाका ३० थान पुस्तक उपलब्ध गराईएको थियो

प्रहरी शान्ति सुरक्षामा मात्र सिमित नभई अन्य सामाजिक उत्तरदायित्व पुरा गर्न कति पनि पछाड़ीं पर्दैन भन्ने कुराको उदाहरण जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा कार्यालय परिसरमा स्थापना गरिएको पुस्तकालयले छर्लङ्ग पार्दछ, आज त्यहि अभियानमा क्लबको तर्फबाट सानो सहयोग स्वरुप केहि विभिन्न बिधाका पुस्तकहरु उपलब्ध गराईएको क्लबका अध्यक्ष कृष्ण लम्सालले बताए

प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले पुस्तक ग्रहण गर्दै पुस्तकालयको उपयोगले व्यक्ति, समाज राष्ट्रलाई सकरात्मक बाटोमा अघि बढाउन रचनात्मक सहयोग पुगेको बताए उनले  पुस्तकालयमा कानुन, मानवअधिकार, अपराध अनुसन्धान, प्रहरीका विभिन्न मोडल तथा ज्ञानसँग सम्बन्धित पुस्तक रहेको जानकारी दिदै सहयोगका लागि लायन्स क्लब अफ पोखरा अभियानलाई धन्यवाद सहित आभार व्यक्त गरेका थिए

95Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected