77Shares

लेखनाथ । लायन्स क्लब अफ लेखनाथको आयोजनामा पोखरा महानगरपालिका वडा नं २९ मदौरीकुना स्थित नर्मदेश्वर मोक्षधाममा खाद्यान्न सहयोग गरिएको
सोमवार मोक्षधाममा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एडमिनिट्रेटर शैलेन्द्र मोहन भट्टराई, बिशेष अतिथि डिष्ट्रिक्ट हंगर रिलिफ कार्यक्रमका संयोजक बसुधा भट्टराई, क्लबका अध्यक्ष तिलकशाली सापकोटा, कार्यक्रम संयोजक बुद्धि प्रसाद बास्तोला लगाएतले संयुक्त रुपमा मोक्षधाम सञ्चालक समितिका अध्यक्ष एवं पदाधिकारीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए

कार्यक्रममा पूर्व अध्यक्ष एवं डिपार्टमेन्ट चिफ मेजर राम प्रसाद गुरुङ, पूर्व अध्यक्ष गोविन्द  कर्माचार्य, जोनचयरपर्सन कल्पना गुरुङ, लायन्स क्लब अफ लेखनाथ सिमसारका अध्यक्ष शिव गिरी, क्लबका पूर्व अध्यक्ष, सचिव चिरञ्जीवी तिवारी लगाएत क्लबका पदाधिकारीको उल्लेख्य उपस्थिति रहेको थियो
कार्यक्रमका उपस्थित लायन्स लिडरले लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण काम भैरहेको बताउदै लायन्स क्लबमा आवद्ध सदस्यहरू धनका मात्र नभै मनका धनी रहेको उल्लेख गरेका थिए

उनिहरूले लायन्सका माध्यमबाट गरिने कुनैपनि सहयोग आवश्यकताका आधारमा लक्षित बर्गमा पुग्नुपर्नेमा जोड दिएका थिए

77Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected