
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले लायन्सको कुनै क्षेत्राधिकार नहुने बताएका छन । लायन्स क्लब अफ पोखरा हेरिटेजको पदस्थापन समारोहमा बोल्दै डिष्ट्रिक्ट गभर्नर बसेलले ‘जहाँ आवश्यकता छ, समस्या पर्छ, त्यहाँ लायन्सले काम गर्दछ’ यस्को कुनै क्षेत्राधिकार नहुने बताए । गत महिना पोखरा महानगर–२५, हेम्जामा बाढ़ी पहिरोबाट प्रभावित १२ घर परिवारलाई बुधवार राहत उपलब्ध गराउने विषयमा गभर्नर बसेलले हेम्जा क्षेत्र डिष्ट्रिक्ट ३२५ आई भित्र नरहेता पनि मानवीय नाताले सहयोग प्रदान गर्न गईरहेको जानकारी गराए ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बसेलले लायन बर्ष २०२२/२३ का पोखरा हेरिटेजका अध्यक्ष तथा क्लब पदाधिकारीलाई पदस्थापन गराएका हुन ।
सो अवसरमा लायन्स क्लब अफ पोखरा हेरिटेजको स्पोन्सरमा गठित लियो क्लब पोखरा हेरिटेजको गभर्नर बसेलले उद्घाटन गरेका थिए । लियो हेरिटेजमा प्रदीप भट्टराई ओर्जिनल प्रेसीडेन्ट रहेका छन ।
समारोहमा लायन बर्ष २०२१/२२ का अध्यक्ष श्यामहरि तिवारीले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यहरू प्रस्तुत गरेका थिए भने २०२२/२३ का लागि पदस्थापित अध्यक्ष सोनी तामाङले हालसम्म सम्पादित कार्य प्रस्तुतसँगै बाक़ी कार्य योजना प्रस्तुत गरेकी थिईन ।
लायन्स क्लब अफ पोखरा हेरिटेजका बर्ष २१/२२ का अध्यक्ष श्याम हरि तिवारीले पहिलो सत्र र सोनी तामाङले दोश्रो सत्रको अध्यक्षता गरेको समारोहमा डिष्ट्रिक्टका प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय चन्द्र कुमार केसी/ बिनोद ढुङगानाले समाजसेवा, सामाजिक काम र समुदायको लागि हेरिटेजले गरेका कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
बर्ष २०२१/२२ का सचिव कृष्ण काफ्ले र २०२२/२३ का सचिव हरि केसीले संचालन गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ओम प्रसाद उपाध्याय, बिजय पौडेल, प्रथम उपाध्यक्ष श्याम गुरूङले आआफ़ना भनाई राखेका थिए । कार्यक्रममा दी राईजीङ डान्स ग्रुपका कलाकारले आकर्षक नृत्य प्रस्तुतगरेका थिए भने कार्यक्रम समापन पश्चात लियो क्लबका सदस्यहरूले लियो सांस्कृतिक साँझको आयोजना गरेका थिए ।







सम्बन्धित खवर
















