37Shares

पोखरा भ्यूज
पोखरा, ७ भाद्र । डिष्टिक्ट ३२५ आई नेपालले डिष्ट्रिक्ट लायन्स लिडरशिप ईन्सिच्यूट सञ्चालन गर्ने भएको छ । भाद्र १७ देखि १९ गतेसम्म हिमालयन देउराली रिर्सोट, नागडाडाँ कास्कीमा सञ्चालन गरिने ईन्सिच्यूटमा पहिलो चरणमा क्लब अध्यक्ष मात्र सहभागि हुने डिएलएलआइका संयोजक युवराज खनालले जानकारी दिए ।
युवा अभियान्ता एंब जीवन रुपान्तरणका लागि अन्तररास्ट्रिय प्रशिक्षक नरबहादुर कार्की र राजाबाबु शाह मुख्य प्रशिक्षक रहेको सो ईन्सिच्यूटमा ७२ जनाले मात्र सहभागिता जनाउन पाउँने डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले बताए ।
डिष्टिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेलले नेतृत्व र ब्यक्तित्व विकासका लागि सञ्चालन हुन गईरहेको तिन दिने तालिम फलदायी हुने अपेक्षा लिएका छौं । विभिन्न नाममा हालसम्म भएका तालिम मध्ये उत्कृष्ट हुने गर्भनर बसेलको दावी रहेको छ ।

37Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected