214Shares

पोखरा । भाद्र २४ २५ गते हुन गईरहेको पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशनमा हर्क बहादुर अधिकारी(मिरज) ले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन

दुई कार्यकाल कार्यसमितिको सदस्यको हैसियतले विभिन्न उपसमितिमा रहेर काम गरेका अधिकारी कार्यसमितिमा रहँदा प्राप्त गरेको ज्ञान, कौशल अनुभवलाई सार्थक तुल्याउन पदिय जिम्मेवारी उत्तरदायित्व निर्वाह गर्न उपमहासचिब पदमा उम्मेदवारी दिने बताए ।

अधिकारीले अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन्

मिरज माउन्ट एभरेष्ट डेभलपर्स प्रा लि, मिर्लुङ प्रोभिजन स्टोर, वन्दीपुर केबलकार एण्ड टुरिजम प्रा लि लगाएतमा व्यावसायिक संलग्नता रहेको भने सिटी वान टेलिभिजन संचालक समितिको सचिव, कलश वचत तथा ऋण सहकारी संस्था लि को सल्लाहकार लायन्स क्लब लगाएतका विभिन्न सामाजिक संघ संस्थामा आवद्व रहेका छन

214Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected