12Shares

पोखरा, ८ असोज । ‘तपाईको वित्तिय सहयात्रीभन्ने मुल नारासहित संचालित संचार बचत तथा ऋण सहकारी संस्था पोखराको एघारौं साधारण सभा शनिबार सम्पन्न भएको

साधारण सभामा नेपाल उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले आर्थिक अनुशासनले वित्तिय संस्था सफल हुने बताउदै सहकारीमा सुशासन सहकारी आफैले कायम गर्नु पर्नेमा जोड दिनु भएको छ । उहाँले सहकारीमा सुशासन की छैन भन्ने कुरा संचालक तथा कर्मचारीहरुको व्यवहार तथा सहकारीका सदस्यहरुमा देखिएको आर्थिक, सामाजीक तथा सांस्कृतिक उन्नयनबाट अनुभुति गर्न सकिने बताउनु भयो  जव सदस्यहरुले संस्थाले प्रदान गरेको सेवाबाट उच्चतम सन्तुष्टि प्राप्त गर्दछन् अनि मात्र सुशासन भएको महशुस हुने उहाँको भनाई रहेको थियो

मुल्मीले सहकारीले महिला उत्थानमा टेवा पुगेको सहकारीमा महिलाको सहभागिताले महिला स्वावलम्बी भई व्यापार व्यवसाय गरेर आर्थिक उपार्जन गर्न सफल भएको बताउदै कुनै समय गृहिणीको पहिचान बनाएका महिला सहकारीले उद्यमी बन्न सिकाएको बताउनु भयो 

२०६८ सालमा स्थापना भएको सहकारीमा हाल सय ५६ जना शेयर सदस्य रहेको सहकारीको कुल शेयर रकम करोड ५७ लाख २५ हजार रहेको साधारणसभा जानकारी गराइएको थियो सहकारीले आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म कुल ३४ करोड ८८ लाख ८८ हजार सय ८१ को आर्थिक कारोवार गरेको सहकारीका कोषाध्यक्ष युवराज खनालले प्रस्तुत गर्नु भएको थियो  साधारणसभामा संस्थाका अध्यक्ष बिनोद ढुङगानाले संस्थाको प्रगति प्रतिवेदन, सचिव पवित्रराज तिवारीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष युवराज खनालले आर्थिक प्रतिवेदन, उपाध्यक्ष प्रेमप्रसाद दाहालले घरजग्गा उपसमितिको प्रतिबेदन लेखा समितिको प्रतिवेदन संयोजक गणेश पराजुलीले प्रस्तुत गर्नु भएको थियो  सहकारीमा राम्रो कारोबार गर्ने उत्कृष्ट बचत कर्तातर्फ खड़कबहादुर पौडेल, उत्कृष्ट कारोवारीमा धनेश्वरी गुरूङ उत्कृष्ट कर्मचारीमा मिमिका भण्डारीलाई प्रसंसा पत्रबाट सम्मान गरिएको थियो

कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तरगत सामुदायिक विद्यालय अध्ययनरत जना विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको थियो छात्रबृति प्राप्त गर्नेमा महेन्द्र मावि नयाँबजार कक्षा मा अध्ययनरत रोशनी तोलांगी, साहारा आधारभुत बिधालय बसपार्क कक्षा मा अध्ययनरत सन्ध्या परियार नवप्रभात मा वि नयाँबजारमा अध्ययनरत अनिश कार्कीलाई जनही हजार नगद सहित बिधालय पोशाक स्टेशनरी सामग्री प्रदान गरिएको थियो

कार्यक्रममा संस्थाका सल्लाहकार सूर्य प्रसाद ढकाल नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो

कार्यक्रममा सहकारीले युआरएलसँग स्वास्थ्य छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता-पत्रमा सहकारीको तर्फबाट अध्यक्ष बिनोद ढुङगाना र युआरएलबाट प्रमुख कार्यकारी अधिकृत भूपेन्द्रराज पाण्डेले हस्ताक्षर गर्नु भएको थियो 

संस्थाका अध्यक्ष बिनोद ढुङगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक समिति सदस्य जमुना बर्षा शर्माले स्वागत, सम्मानित बचत कर्ताको तर्फबाट खड़क बहादुर पौडेल सचिव पवित्रराज तिवारीले आ-आफ्ना भनाई राख्नु भएको थियो 

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected