२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरखेलकुद

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता जारी, शनिबार नेपालले २ स्वर्ण पाउदा भारतलाई ८ स्वर्ण

पोखरा ८, असोज । खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ जुनियर क्यूरोगी तर्फको इभेण्टमा नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ । पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ अन्र्तगत शनिबारको खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

६३ केजी मुनि तौल समुहको खेलमा नेपालका रुपेश तामाङले स्वर्ण पदक प्राप्त गर्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने शुप्रिया गुरुङले स्वर्ण पदक दिलाएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताए ।

उक्त जुनियर तर्फको क्यूरोगी तर्फको इभेण्टमा भारतले भने ८ स्वर्ण पदक ल्याउन सफल भएको छ । त्यसै गरी दक्षिण कोरीयाले भने ३ स्वर्ण र पाकिस्तानले एक स्वर्ण ल्याउन सफल भएको संघले जनाएको छ ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्सेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेजबहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याटमिन्टनको हलमा खेलहरु भईरहेका छन् ।

उक्त प्रतियोगितामा नेपाल सहित,भारत, पाकिस्तान, श्रीलङका, अमेरीका, बंगलादेश लगायतका १३ देशका १हजार ३ सय भन्दा बढी खेलाडीहरु सहभागि भएको संघ गण्डकीका सचिव रमेश पौडेलले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…