२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्य

पुम्दीकोट पछि अब पुम्दीभुम्दीका अन्य क्षेत्रको समेत पर्यटन प्रबद्र्धन हुन्छः मन्त्री बराल

पोखरा ८, असोज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटसंगै अब पुम्दीभुम्दीका अन्य पर्यटकीय स्थलहरुको प्रबद्र्धन हुने बताउनु भएको छ । पोखरा २२ को पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न भएको चौथो बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले पोखराको मुख्यबजार क्षेत्रमा पर्यटकहरुको आकर्षण घट्दो हुदा पुम्दीभुम्दी लगायतका घरगाँउमा जाने पर्यटकहरुको सङख्यामा बृद्धि हुने भएको बताउनु भएको हो ।

उहाँले भन्नु भयो, “अब पुम्दीकोटसंगै निगालेडाँडा, थाप्लेडाँडा, पन्चासे लगायतका क्षेत्रमा पर्यटकहरु जाने छन, आगन्तुक पाहुनालाई के कस्तो ब्राण्डको मायाको चिनो दीने स्थानियले सोच्नु पर्ने समय आएको छ ।” कृषि उत्पादनको हिसावले उर्वर भूमि पुम्दीभुम्दीमा अब बाजो जमिन समेत नराख्न आग्रह गर्दै मन्त्री बरालले कृषि उत्पादन गर्न चहानेलाई भाडामा जग्गाको व्यबस्था गर्नुपर्ने बताउनु भयो । सुलभ र गुणस्तरिय बस्तु उत्पादन गर्न नसक्दा मानव स्वास्थ्यलाई असर पर्न थालेको उहाँको भनाई छ । सहकारीहरुले अब बस्तु उत्पादन गर्न तर्फ केन्द्रित हुनुपर्ने मन्त्री बरालले आग्रह गर्नु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले कालोधन लुकाउने माध्यम सहकारीलाई बनाउन नहुने बताउनु भयो । नेफ्स्कुन पोखराकी फिल्ड इन्चार्ज यामकला सुवेदीले संस्थागत पूंजि बृद्धि गर्नआग्रह गर्नु भयो । ५ प्रतिशत संस्थागत पूंजि बृद्धि गर्न उहाँले सुझाव दिनु भयो । राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका नरेश पाण्डेले कृषि उत्पादनको प्रवल सम्भावना भएको पुम्दीभुम्दीमा कृषि उत्पादन गर्न आग्रह गर्नु भयो । पर्यटन कृषि सहकारी संस्थाका अध्यक्ष एवं कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बरालले २० प्रतिशत रक़म उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । सल्लाहकार प्रकाश बरालले महिला र युवाहरु अघि बढे समृद्धिको आधार खडा हुने दाबी गर्नू भयो ।

संस्थाका अध्यक्ष याम कुमार बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, सल्लाहकार शिवराज बराल, सहकारी अभियान्ता एवं सारथी सहकारीका तारानाथ पौडेल, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी बराल, शेयर सदस्य उषा गुरुङ, उपाध्यक्ष लक्ष्मी प्रसाद बराल, सचिब प्रमोद बराल लगायतले वोल्नु भएको थियो ।

५ सय ९५ जना शेयर सदस्य रहेको यस संस्थाको चुक्ता पूंजि १ करोड ७२ लाख रहेको कोषाध्यक्ष अम्बिका बरालले बताउनु भयो । संस्थाले ३ करोड ५१ लाख ८२ हजार २ सय २६ रुपैया ऋण लगानी गरेको छ । करिब ४ बर्षअघि एक सय जना शेयर सदस्यबाट उक्त सहकारीको सुरुवात भएको हो ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…