38Shares

पोखरा । मंसिरमा ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार सम्पन्न भएको छ । सत्ता पक्ष दल गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्षी एमालेले गठबन्धन बिना मैदानमा उत्रिएको छ ।

कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ मा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेकपा(एमाले)बाट दामोदर बैरागीको उम्मेदवारी दर्ता भएको छ । यसैगरी सो क्षेत्रको प्रदेशसभा क मा गठबन्धनबाट माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र ख मा नेपाली काँग्रेसका प्रकाश बरालले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमालेबाट प्रदेशसभा क मा गणेशमान गुरुङ र ख मा राजीव पहारीको उम्मेदवारी परेको छ ।

यसैगरी, क्षेत्र नं २ मा प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का श्रीनाथ बराल र एमालेका विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ गठबन्धनबाट क मा विश्वप्रकास लामिछाने र ख मा विन्दुकुमार थापा तथा एमालेका तर्फबाट प्रदेश क मा भीम कार्की र ख मा मीना गुरुङले उम्मेदवारको मनोनयन दर्ता गर्नुभएको छ ।

त्यस्तै, कास्कीको निर्वाचन क्षेत्र नं १ मा गठबन्धनबाट नेपाली काँग्रेसका किशोरदत्त बरालले उम्मेदवारी दर्ता गराउनुभएको छ भने  नेकपा एमालेका तर्फबाट मनबहादुर गुरुङको उम्मेदवारी परेको छ ।प्रदेश निर्वाचन क मा गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइराला र ख मा काँग्रेसका दीपक गुरुङ (माईला)ले उम्मेदवारी दर्ता गर्नुभएको छ । एमालेबाट प्रदेशसभातर्फ क मा खगराज अधिकारी र ख मा बेदबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी सत्ता गठबन्धन र नेकपा(एमाले), साना राजनीतिक दल, स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता भएको छ । कतिपय ठूला दलबाट बागी उम्मेदवारी समेत परेको छ ।

 

 

38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected