1Shares

पोखरा । तिनवटा संघिय निर्वाचन क्षेत्र रहेको कास्कीमा गठबन्धनका मुख्य तिन दलका उम्मेदवार बराल रहेका छन । कास्कीमा एकमा किशोरदत्त बराल, दुईमा श्रीनाथ बराल र तिनमा राम्जीप्रसाद बरालले क्रमशः कांग्रेस, समाजवादी र माओवादीबाट टिकट हात पारेका हुन् ।
कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले टिकट हात पारेका छन् । उनले एमालेका मनबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, कास्की कै क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि नेकपा समाजवादीबाट श्रीनाथ बरालले टिकट पाएका छन् । उनले नेकपा एमालेका बिध्या भट्टराईसँग प्रतिस्पर्धा गर्ने छन् ।
यसै गरी, क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि नेकपा माओवादीका तर्फबाट गण्डकी प्रदेशका अर्थमन्त्री राम्जीप्रसाद बराल ‘जिवन’ ले प्राप्त गरेका छन् । उनले पनि नेकपा एमालेका दामोदर बैरागीसँग प्रतिस्पर्धा गर्ने छन् ।
क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा माओवादीबाट दीपक कोईराला, प्रदेश ख मा नेपाली काँग्रेसबाट दीपक गुरुङ माइला, क्षेत्र नम्बर २ क मा माओवादीबाट विश्वप्रकाश लामिछाने, ख मा नेपाली काँग्रेसबाट गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापा र क्षेत्र नम्बर ३ क मा माओवादीबाट ख मा नेपाली कांग्रेसबाट प्रकाश बरालले टिकट पाएका छन् ।
कास्कीमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्रमन्त्रे कांग्रेस र माओवादीका लागि केन्द्रको १ र प्रदेशका ३ कांग्रेसको भागमा परेको छ भने समाजवादीका लागि केन्द्रको १ मात्र परेको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected