२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरखेलकुद

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक गरीएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफि एक कार्यक्रमका बीच सोमबार विहान सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री पोखरेलले ट्रफि सार्जजनिक गरे लगत्तै पोखराका विभिन्न स्थलमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

आज खेलाडी, प्रशिक्षक, व्यवस्थापक खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफि प्रदर्शन गरिएको हो । ट्रफिसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सहित सवारी साधन बाट नगर परिक्रमा गराइने कार्यक्रम छ ।

पोखराको अम्मरसिंहचोक, रानीपौडा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोक भित्र बजार हुँदै वगर चोक, बागबजार चोक, ठाडा लाइन, पुरानो टुडिखेल, हरिचोक, विन्ध्यवासिनी मन्दिरको माथिल्लो बाट परिक्रमाको लागि प्रवेश गराई अधिकारी टोल चोक, पुरानो खानेपानी काउन्टर, वाग्लुङ राजमार्ग हुँदै जिरो किलोमिटर र त्यहाँबाट हल्लन चोक बाराही मन्दिर चोकमा पोखरा महानगरका मेयर धनराज आचार्यले ट्रफि प्रदेशन गर्र्दै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाईएको हो । ट्रफिका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठ हुन् । यस्तै ट्रफ्रीलाई श्याम तुलाधारले बनाएका हुन् । ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…