२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

नवौं राष्ट्रिय खेलकुद : खोखो समूह चरणका अन्तिम खेल जारी

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला खोखोका समूह चरणका अन्तिम खेल मंगलबार भइरहेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा महिला तथा पुरुषबीच समूह चरणको अन्तिम भिडन्त जारी छ ।

खोखो समूह चरणको तेस्रो दिन बिहान महिला टिमबीच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो खेल सुदूरपश्चिम र मधेश प्रदेशबीच, दोस्रो खेल लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच, तेस्रो खेल आर्मी र बागमती प्रदेश, चौंथो खेल प्रदेश १ र गण्डकी प्रदेश तथा अन्तिम खेल नेपाल आर्मी र मधेश प्रदेशबीच हुनेछ ।

त्यस्तै, समूह चरणको अन्तिम खेल अन्तर्गत मंगलबार साँझ पुरुष टोलीबीच स्पर्धा हुनेछ । जसमा पहिलो खेलमा विभागीय टिम नेपाल आर्मी र घरेलु टोली गण्डकी प्रदेश, दोस्रो खेल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश, तेस्रो खेल प्रदेश १ र मधेस प्रदेश तथा अन्तिम खेल कणर्ाली प्रदेश र बागमती प्रदेशबीच हुने खेल तालिका छ ।

राउन्ड रोबिन आधारमा खेलाइएको खेलमा २ विभागीय टिमसहित ९ टिमले सहभागिता जनाएका छन् । आइतबारबाट सुरु भएको खेल बुधबारबाट सेमिफाइनल खेल हुनेछन् भने कात्तिक ३ पदक छिनोफानो हुनेछ ।

महिला बास्केटबल आर्मी फाइनलमा
तनहुँमा जारी थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगिताबाट त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको निर्धारित समयसम्म गण्डकी र आर्मीले ६/६ अंकको बराबरी भएको थियो । थपिएको अतिरिक्त समयमा आर्मीका लागि सिवाङ्गी लिम्बू र जेनिसा श्रेष्ठ स्कोर गदै टोलीलाई ८-६ को अग्रता दिलाएका थिए ।
आर्मी लिग चरणमा दुवै खेल जितेर सेमीफाइनलको यात्रा तय गरेको थियो भने गण्डकी १ जित र १ हार संगै लिग चरणबाट सेमिफाइनलमा पुगेको थियो । अर्को सेमिफाईनलमा एपीएफ र बागमती प्रदेश बीच हुनेछ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…