124Shares

पोखरा । लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीले क्लब अध्यक्ष सन्तोष अर्यालको जन्मदिनको अवसरमा पोखराको एक बिधालयलाई सहयोग प्रदान गरेको  क्लबले पोखरा२१, कृष्टि माझगाउँ स्थित श्री बालज्योती आधारभुत विद्यालयमा ल्यापटप, स्टेशनरी खाजा वितरण गरेको हो 

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस गभर्नर बिनोद ढुङगाना, क्लबका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी हरिराज पन्तको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिधालयमा अध्ययनरत २२ जना बालकलाई कापी कलम लगायत स्टेशनरी सामाग्री खाजा वितरण साथै बिधालयका लागि एक थान ल्यापटप हस्तान्तरण गरिएको क्लबका सचिव मनोज बस्यालले जानकारी दिनु भयो

आफ्नो जन्मदिनमा अरू खर्च गर्नु भन्दा सामाजिक काम गर्न पाउदा निकै ख़ुशी लागेको अध्यक्ष अर्यालको भनाई रहेको थियो भयो

सहयोग सामाग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुङगानाले जन्मदिनमा फर्जुल खर्च गर्नु भन्दा बिधालयलाई सहयोग गरेकोमा निकै खुसी लागेको बताउनु भयो उहाँले हाम्रो उद्देश्य संस्कार सिकाउने हो, समाज सेवामा यस्ता कार्यले समाजमा सकारात्मक सन्देश जाने बताउदै अन्य युवाहरुमा समेत जागरुकता ल्याउने युवाहरुबाट यस्ता खालका सहयोगले समाज रुपान्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो

जोन चेयरपर्सन शोभा अधिकारी पौडेलले जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय रहेको बताउदै क्लब परिवारलाई धन्यवाद ब्यक्त गर्नुभयो

बिधालयका प्रधानाध्यापक गंगाबहादुर क्षेत्रीले जन्मदिनको अवसरमा पढने बिध्यार्थी भाइबहिनीहरुलाई स्टेशनरी, खाध्यान्न सामान बिधालयलाई ल्यापटप सहयोग गर्नुभएकोमा सहयोगी मनलाई हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको थियो

क्लबका अध्यक्ष सन्तोष अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट चिफद्वय सन्तोष कुमार श्रेष्ठ र टंक राज अधिकारी, सिनियर एओजी दिलीप श्रेष्ठ, रिजन चेयरपर्सन गंगा विलास लोहनी लगाएत क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो

124Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected