२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबरमनोरन्जन

चर्चित गीत ‘विदेश जाने मायालु’को भिडियो रिमेक सहित बजारमा

पोखरा । ४० को दशकको चर्चित गीत ‘विदेश जाने मायालु’ बोलको म्युजिक भिडियो रिमेक सहित बजारमा आएको छ। कुनै बेला नेपाली संगीत पारखीको रोजाइमा पर्न सफल गीतलाई झण्डै चार दशकको अन्तरलाल पछि निर्देशक रोहन नेपालीले गीतको भिडियो तयार पारेका हुन्।
लिजेण्ड: गायक, कम्पोजर, एरेञ्जर, गिटारिस्ट दीपक थापाको स्वरमा कुनै समय स्रोताको जनजनमा- मनमनमा बस्न सफल गीतलाई पोखरामा भिडियो सहित गायक थापाको उपस्थितिमा बिमोचन गरियो। थापाले आफ्नै स्वरमा रेकर्ड गराएर गीतलाई नयाँ पुस्तामाझ पस्किएका हुन्।
म्युजिक भिडियोलाई पछिल्लो समयको चल्तीका निर्देशक रोहन नेपालीले पोखरामै तयार पारेका हुन्। भिडियोमा गायक थापासँगै भगवती मल्ल, विशाल सारुमगर, सपना क्षेत्री, एरिशा गुरुङ र अनमोल रानाको अभिनय रहेको छ।
पोखरा आसपासको सुन्दर ठाउमा छायांकन गरिएको भिडियोलाई मिलन शंकरले कलात्मक रुपमा खिचेका छन्। ‘विदेश जाने मायालु’लाई भिडियोमा पनि तीन पुस्ताको प्रेमकहानीलाई देखाइएको छ।
भिडियोको बिमोचन कार्यक्रममा बोल्दै गायक थापाले पुरानो पुस्ताको स्रोतामाझ परिचित गीतलाई फेरि नयाँ पुस्तासँग परिचित हुने आशमा भिडियो ल्याएको बताए। उनले ‘विदेश जाने मायालु’ आफ्नै कथा भएको पनि सुनाए । उनले भने,’ सबैको मायाको आशा सहित भिडियो आएको छ। अहिलेको जेनेरेसनले चिन्ला कि भनेर ल्याए। अबको जेनेरेसनले सुन्यो भने मेरो गीत अमर लाग्नेछ, मिठो लाग्नेछ ।’
बिमोचन कार्यक्रममा गायक बिनोद बानियाले पोखराले पनि राम्रो काम गर्न सक्छ भन्ने कुरालाई ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो हेरेपछि धरेलाई थाहा हुने बताए। गायक बानियाले यस्ता खालका भिडियोले सांगीतिक क्षेत्रलाई पनि सकारात्मक फाइदा पुग्ने बताए।
भिडियोका निर्देशक रोहन नेपालीले लिजेण्ड गीतलाई आफ्नो निर्देशनमा तयार पार्न पाउदा खुशी लागेको बताए। उनले गीतको बोल अनुसार नै आफुले भिडियो बनाएको बताए।
कार्यक्रममा पत्रकार जमुना वर्षा शर्माले पछिल्लो समय पोखराको सांगीतिक क्षेत्र चलायमान हुदै गएकोमा ‘विदेश जाने मायालु’ले थप टेवा पुग्ने बताईन। पत्रकार शर्माले गीतको भिडियोले सबैको कथा बोलेको पनि बताईन। (भिडियो समेत)

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…